लण्डन: ईंग्ल्याण्डका पूर्व दिग्गज पेस बलर जेम्स एण्डरसनले भारतका स्टार ब्याटर विराट कोहलीलाई लक्ष्यलाई पीछा गर्ने अनि खेललाई समाप्त गर्ने मामिलामा सर्वश्रेष्ठ खेलाड़ीहरूमा एक बताए। एण्डरसनले टेलेण्डर्स पोडकास्टमा सीमित ओभरहरूको प्रारूपमा कोहलीको कौशललाई देखेर यस्तो बयान दिएका छन्। उनले भने, क्रिकेटको इतिहासमा दोस्रो नम्बरमा ब्याटिंग गर्ने अनि स्कोरलाई पीछा गर्ने मामिलामा कोहलीभन्दा असल ब्याटर अन्य कोही छन् जस्तो मलाई लाग्दैन। लक्ष्यलाई पीछा गर्ने मामिलामा उनको रेकर्ड अभूतपूर्व छ। उनले दोस्रो ईनिंग्समा बनाएको शतकहरू सबै असाधारण रहेको छ। एण्डरसनले बताएअनुसार, कोहली लक्ष्यलाई पीछा गर्न ओर्लिँदा सर्वश्रेष्ठ मानसिकताको साथ खेल्छन् अनि उनको आत्मविश्वास सदा उच्च रहन्छ। के विराट कोहली सीमित ओभरहरूका प्रारूपमा सर्वश्रेष्ठ ब्याटर हुन् भनी प्रश्न गरिँदा एण्डरसनले भने, अष्ट्रेलियाका माइकल बेवनले १९०० र २०००-को दशकको शुरुवातमा अष्ट्रेलियाको निम्ति असाधारण फीनिशिंग गर्थे तर कोहलीले लक्ष्यलाई पीछा गर्दै जति शतक बनाएका छन् त्यसले उनलाई महानतम फीनिशर बनाउँछ। उनी सीमित ओभरहरूको प्रारूपमा अहिलेसम्मका सर्वश्रेष्ठ ब्याटरहरूमा एक हुन्। उल्लेखनीय छ, एण्डरसनले आफ्नो करियरमा सदा कोहलीसँग प्रतिद्वन्द्विताको आनन्द लिए। कोहलीले टेस्ट क्रिकेटमा ३६ वटा ईनिंग्समा एण्डरसनको सामना गरे। उनले यस बलरविरुद्ध ४३.५७-को औसतले ३०५ रन बनाए अनि ७ पल्ट आफ्नो विकेट गुमाए। साल २०१४-को सीरीजमा कोहली ४ पल्ट एण्डरसनको शिकार बनेका थिए।