गान्तोक: सिक्किमका सुनुवार भाषाको शिक्षा प्रगतिमाथि तीन दिवसीय कार्यशाला आयोजन गरिएको छ। उक्त कार्यशालामा सिक्किम सुनुवार मुखिया कोइँचबुले भाषा शिक्षा निर्देशालय विभागको सहकार्यमा सम्पन्न गरेको हो। पहिलो २१ अगस्तदेखि २३ अगस्तसम्म चलेको कार्यशालाको समापन समारोहमा भाषा शाखाको संयुक्त निर्देशाक प्रभाकर बिलाल मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसै गरि भाषा शाखाकै उपनिदेशक श्रीमती सुधा राई विशिष्ट अतिथिको रुपमा रहेकी थिइन् यसैगरि सिक्किम सुनुवार मुखिया कोइँचबुका अध्यक्ष डीबी सुनुवारले अतिथिगणलाई स्वागत गरेका थिए। यसै गरि संगठनका महासचिव पुरण मुखियाले प्रशिक्षकहरूलाई स्वागत जनाए।
अध्यक्षले स्वागत सम्बोधक राखेका थिए भने पाठ्य पुस्तक प्रभागी एटीबीओ श्रीमती नैनाकला मुखियाले कार्यशालाको सम्पूर्ण जमकरी प्रस्तुत गरिन्। कार्यशालाबारे भारती मुखियाले आफ्लो अनुभव साझा गरिन्। कार्यशालामा सहभागीहरूलाई अतिथिहरूको हातबाट प्रमाणपत्र वितरण गरियो। कार्यशालाको मुख्य आकर्षण मुखिया भाषामा बनाइएको बाल गीतको प्रस्तुती रहेको थियो। सहभागीहरूले बाल गीत सामुहिक रूपमा प्रस्तुत गरिएको थियो। आफ्नो सम्बोधनमा विशिष्ट अतिथि श्रीमती सुधा राईले भाषाको ज्ञानको आवश्यकता र समाजमा एकजुट भएर बस्दा पर्ने महत्वकोबारेमा बताइन्। आफ्नो मातृभाषाको विकास भी पहललाईसराहना गरिन्। यसैगरि मुख्य अतिथि प्रभाकर विलालले विद्यार्थी, शिक्षक शिक्षिका बीचलो सम्बन्धमा हुनुपर्ने सुमधुरता र नानीहरूलाई प्रेरित गर्नु पर्ने आवश्यकताबारे बताए। र्यशालाको समापनको अन्तमा भाषा विकास यसको निम्ति आवश्यक प्रक्षेपबारे अन्तरक्रिया भयो। अतिथि र सहभागीहरूले भाग लिए। मातृभाषा समस्या र समाधानका बारेमा चर्चा गरेको थिइयोकं। संगठनका महासचिव पुरण मुखियाले आभार प्रकट गरेका थिए भने यस प्रत्रको कार्यशाला समय समयमा हुनुपर्ने आवश्यका सबैले जनाए।










