काेलकत्ता: मोहन बगानले असाधारण पुनरागमनको साथ रोमाञ्चक जीत हासिल गरी एशियाको सबैभन्दा पुरानो फुटबल टुर्नामेण्ट डूरण्ड कपको १३३औं संस्करणको फाइनलमा स्थान बनायो। मंगलवार राति खेलिएको दोस्रो सेमिफाइनलमा मोहन बगानले बेंगलुरु फूटबल क्लबलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विवेकानन्द युवाभारती क्रीड़ांगणमा खेलिएको म्याचमा एक समय त स्कोर २-०-ले बेंगलुरु एफसी-को पक्षमा रहेको थियो। बेंगलुरु एफसी-बाट दिग्गज सुनिल छेत्रीले ४२औं र युवा प्रतिभा विनीत भेंकटेशले ५०औं मिनटमा गोल गरे। त्यसपछि मोहन बगानले पनि असाधारण पुनरागमन गर्दै लगातार २ गोलको साथ स्कोर बराबरीमा पुऱ्यायो। डिमिट्री पेट्राटोसले ६८औं मिनटमा टीमलाई पहिलो गोल दिलाए। त्यसपछि अनिरुद्ध थापाले ८४औं मिनटमा अझ एक गोल गरी मोहन बगानलाई २-२-को बराबरीमा पुऱ्याए। अब शनिवार खेलिने फाइनल म्याचमा मोहन बगानको सामना नर्थईष्ट युनाइटेड एफसी-सँग हुनेछ। नर्थईष्ट युनाइटेडले अन्य एउटा सेमिफाइनलमा शिलोंग लाजोंगलाई ३-०-ले पराजित गऱ्यो।









