ओपन नक्आउट फूटबल टुर्नामेण्ट १५ सेप्टेम्बरदेखि

IMG-20240828-WA0189

खरसाङ: युनाइटेड गूम्ती स्पोर्टिंग क्लब, महानदीको तत्त्वावधानमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। १५ सेप्टेम्बरदेखि शुरु हुने यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क २५०० रुपियाँ तोकिएको छ। प्रवेश शुल्कको साथ टीमको नाम पञ्जीकरण गर्ने अन्तिम मिति ९ सेप्टेम्बर रहेको छ। टुर्नामेण्टको आयोजन गूम्ती खेल मैदानमा हुनेछ। अन्य जानकारीहरू अनि सम्पर्क नम्बर आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement