एसकेएम सरकारको मन्त्री परिषदमा फेरबदललाई लिएर हल्ला अन्ततः सत्य साबित

photocollage_202281923247517.jpg

गान्तोक: गत केही दिनदेखि चलिरहेको एसकेएम सरकारको मन्त्री परिषदमा फेरबदललाई लिएर हल्ला अन्ततः सत्य साबित भएको छ। तर, मन्त्री परिषद्को फेरबदलमा भाजपाको हात छ भन्ने हल्ला भने पूर्ण रूपमा असत्य रहेको प्रदेश भाजपा अध्यक्ष डीबी चौहानले स्पष्ट गरेका छन्।
उल्लेखनीय छ, गत केही दिनदेखि सिक्किम सरकारको मन्त्री परिषदमा फेरबदललाई लिएर निकै चर्चा चलिरहेको थियो। यसै क्रममा बिहिवार सिक्किम विधानसभाका अध्यक्ष एलबी दासले गत १६ अगस्तकै दिन राजीनामा दिइसकेको कुरा सार्वजनिक भयो। यसको लग्गतै एक दिनपछि आज शहरी विकास विभाग मन्त्री अरूण उप्रेतीले पनि पदबाट राजीनामा दिएका छन्। वर्तमान राजनीतिक घटनाक्रममाथि बोल्दै प्रदेश भाजपा अध्यक्ष चौहानले मन्त्री परिषदमा फेरबदल सरकारमा चलिरहने एक सामान्य प्रक्रिया रहेको बताए। उनले भने, सरकारले क्याबिनेटमा फेरबदल गर्न सक्छ। राज्य अनि केन्द्रमा पनि मन्त्री परिषद्मा फेरबदल भइरहन्छ। सरकारलाई भाजपा सिक्किमको शुभकामना छ, कार्यकाल राम्ररी चलोस्। अध्यक्ष चौहानले मन्त्री परिषद्को यस फेरबदलमा भाजपाको कुनै हात नरहेको स्पष्ट पारे। उनले यसमा भाजपाको कुनै हस्तक्षेप छैन र भाजपाका विधायकहरू मन्त्री हुने भन्ने जुन हल्ला बजारमा चलिरहेको छ, त्यो पूर्ण रूपमा झूटो, आधारहीन र भ्रामक रहेको बताए। अर्कातिर, अहिले आधिकारिक रूपमा त्यस्तो केही छैन भन्दै यदि यस्तो भएको खण्डमा प्रेसमार्फत नै जनतालाई जानकारी गराउने पनि उनले बताए। एक प्रश्नको जवाफमा अध्यक्ष चौहानले सिक्किममा पनि भाजपाको सरकार होस् भन्ने जनताको सपना एक दिन पूरा होला भनी बताए। तर, वर्तमानमा यस्तो पोलिटिकल डेभलपमेन्टको कुनै कुरा नरहेको उनले जनाए। उनले यो पूर्ण रूपमा एसकेएम सरकारको मन्त्री परिषद्को फेरबदल रहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *