भाजपाको बन्दको प्रभाव सिलगढीमा

Screenshot_20240828_091447_WhatsApp-1

सिलगढी: भाजपाले आज गरेको बन्दको प्रभाव सिलगढीमा पनि देखिएको छ। आज बिहानैदेखि पसलहरु बन्द देखिएका छन्। सडकमा सवारीसाधनको संख्या कम छ। कडा सुरक्षामा सरकारी बस थोरै संख्यामा चलिरहेका छन्। राज्य सरकारको मिनी सचिवालय उत्तरकन्यालगायत सबै महत्वपूर्ण स्थानमा पुलिस सुरक्षा व्यवस्था कडा पारिएको छ। उल्लेखनीय छ, आरजी कर घटनाको विरूद्ध हिजो विद्यार्थी संगठनले गरेको नयाँ अभियानमा विद्यार्थीमाथि पुलिसले दमन गरेको भन्दै आज भाजपाले १२ घण्टाको आह्वान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement