वित्तीय समावेशनका लागि राष्ट्रिय मिशन– प्रधानमन्त्री जनधन योजना (पीएमजेडीवाई)द्वारा सफलतापूर्वक एक दशक पूरा

unnamed-3

पीएमजेडीवाईले गरीबहरूलाई आर्थिक मुख्यधारामा सामेल गर्नका साथै वञ्चित समुदायको विकासमा महत् भूमिका खेलेको छ: केन्द्रीय अर्थमन्त्री श्रीमती निर्मला सीतारमण

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २८ अगस्त २०१४ मा शुरु गरिएको प्रधानमन्त्री जनधन योजनाले (पीएमजेडीवाई) आज सफलतापूर्वक एक दशक पूरा गरेको छ। पीएमजेडीवाई विश्वको सबैभन्दा विशाल वित्तीय समावेशन कार्यक्रम हो। अर्थ मन्त्रालयले आफ्नो वित्तीय समावेशन प्रयासको माध्यमद्वारा वञ्चित समुदाय अनि आर्थिक रूपमा कमजोर वर्गलाई सहायता प्रदान गर्ने निरन्तर प्रयास गर्दछ। केन्द्रीय अर्थ एवं करपोरेट कार्य मन्त्री श्रीमती निर्मला सीतारमणले यस अवसरमा आफ्नो सन्देशमा भनेकी छन्, “वित्तीय समावेशन एवं सशक्तिकरण सुनिश्चित गर्नका लागि औपचारिक ब्यांकिङ सेवासम्म सबैको सुगम पहुँच आवश्यक छ। यसले गरीबहरूलाई आर्थिक मुख्यधारामा एकीकृत गर्दछ र वञ्चित समुदायको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दछ।“ “ब्यांक खाता, लघु बचत योजना, बीमा एवं ऋण सुविधासहित सबै सार्वभौमिक, सस्तो अनि औपचारिक वित्तीय सेवा प्रदान गर्दै पीएम जनधन योजनाले विगत एक दशकमा देशको ब्यांकिङ अनि वित्तीय परिदृश्यमा परिवर्तन ल्याएको छ”, केन्द्रीय अर्थ मन्त्रीले बताएकी छन्।

यस कार्यक्रमको सफलताले जनधन खाता खोलेर ५३ करोड मानिसलाई औपचारिक ब्यांकिङ प्रणालीमा सामेल गरिसकिएको कुरा परिलक्षित गर्ने उनले बताएकी छन्। यी ब्यांक खाताहरूमा २.३ लाख करोड रुपियाँ जमा भएका छन् र यसको परिणामस्वरूप ३६ करोडभन्दा धेरै निःशुल्क रूपे कार्ड जारी गरिएको छ, जसले २ लाख रुपियाँको बीमा दुर्घटना सुरक्षा पनि प्रदान गर्दछ। उल्लेखनीय कुरा के छ भने यो खाता खोल्नका लागि कुनै शुल्क वा रखरखाउ शुल्क लाग्दैन र यसको निम्ति खातामा न्यूनतम शेष राशि कायम गर्न पनि आवश्यक पर्दैन।

“६७ प्रतिशत खाता ग्रामीण भेकमा खोलिएका र ५५ प्रतिशत खाता महिलाहरूद्वारा खोलिएको कुरा जान्नपाउँदा धेरै खुशी लागेको छ”, केन्द्रीय अर्थ मन्त्रीले बताएकी छन्। “जनधन, मोबाइल अनि आधारलाई लिंक गरी तयार गरिएको सहमति आधारित पाइपलाइन वित्तीय समावेशन परिवेशको सबैभन्दा महत्त्वपूर्ण स्तम्भमा सामेल छ। यसले सरकारी कल्याणकारी योजनाको लाभलाई पात्र लाभार्थीको खातामा त्वरित, निर्बाध एवं पारदर्शी तरिकाले हस्तान्तरित गर्न सक्षम बनाउनका साथै डिजिटल भुक्तानीलाई बढावा दिएको छ”, श्रीमती सीतारमणले बताएकी छन्।

“पीएमजेडीवाई एउटा योजना मात्र नभएर यो एउटा परिवर्तनकारी अभियान हो, जसले ब्यांकिङ सेवाबाट वञ्चित सम्पूर्ण जनमानसलाई वित्तीय स्वतन्त्रता प्रदान गर्दै उनीहरूमा वित्तीय सुरक्षाको भावना उत्पन्न गरेको छ”, केन्द्रीय अर्थ राज्यमन्त्री पङ्कज चौधरीले यस अवसरमा आफ्नो सन्देशमा बताएका छन्।

“प्रधानमन्त्रीले २0२१ मा स्वतन्त्रता दिवसको आफ्नो भाषणमा हरेक परिवारमा एउटा ब्यांक खाता हुनुपर्ने र हरेक व्यस्कसँग बीमा एवं पेन्सन कभरेज हुनुपर्ने घोषणा गरेका थिए। देशभरी चलाइएका विभिन्न अभियानको माध्यमद्वारा यस दिशामा लगातार गरिएको प्रयासको बलमा आज हामीले ब्यांक खाताको मामिलामा लगभग सन्तृप्तिको स्थिति हासिल गरिसकेका छौं। यसले देशभरी बीमा एवं पेन्सन कभरेजमा पनि लगातार वृद्धि भएको छ”, राज्यमन्त्री चौधरीले बताएका छन्। “सबै हितधारक, ब्यांक, बीमा कम्पनी अनि राज्य सरकारको समर्थनका कारण अब हामी वित्तीय रूपमा अरू बढी समावेशी समावेशी समाजको दिशामा अघि बढिरहेका छौं। पीएमजेडीवाईलाई देशको वित्तीय समावेशनमा रूपान्तरणकारी माध्यमको रूपमा सधैं याद गरिनेछ। प्रधानमन्त्री जनधन योजनाले शासनको मिशन मोडको एउटा प्रमुख उदाहरण मात्र नभएर यसबाट यदि सरकार मानिसहरूको कल्याणका लागि प्रतिबद्ध छ भने के हासिल गर्नसकिँदैन र भन्ने स्पष्ट पार्दछ”, चौधरीले बताएका छन्।

पीएमजेडीवाईले ब्यांकिङ सुविधा नभएका हरेक वयस्कलाई बुनियादी ब्यांक खाता प्रदान गर्दछ। यस खाताका लागि खातामा शेष राशि कायम गर्न आवश्यक पर्दैन भने यस खाताको निम्ति कुनै शुल्क पनि लिइँदैन। यस खाताका साथमा एउटा निःशुल्क रूपे डेबिट कार्ड पनि प्रदान गरिन्छ ताकि डिजिटल लेनदेनलाई बढावा दिनसकियोस्। रूपे डेबिट कार्डमा २ लाख रुपियाँको दुर्घटना बीमा सुरक्षा पनि प्रदान गरिन्छ। पीएमजेडीवाई खाताधारकलाई आपातकालीन स्थितिमा ₹ १0,000 सम्मको ओभरड्राफ्टको सुविधा पनि प्रदान गरिन्छ।

विगत एक दशकको अवधिमा प्रधानमन्त्री जनधन योजना अन्तर्गत गरिएका प्रयासले प्रभावी रूपमा परिवर्तनकारी अनि दिशात्मक परिवर्तन ल्याएको छ। यसले ब्यांक एवं वित्तीय संस्थान समाजको अन्तिम व्यक्ति अर्थात् सबैभन्दा गरीब व्यक्तिसम्म वित्तीय सेवा पुऱ्याउन समर्थ बनेका छन्।

प्रधानमन्त्री जनधन योजना अन्तर्गत खोलिएका खाताले प्रत्यक्ष लाभ हस्तान्तरणमा मात्र सहायक साबित नभएर यसले सरकारद्वारा निर्धारित लाभार्थीलाई प्रदान गरिने सब्सिडी भुक्तानीलाई कुनै बिचौलाबिना सजिलै लाभार्थीसम्म पुऱ्याउन, निर्बाध लेनदेन र बचत सञ्चयका लागि पनि एउटा प्लेटफर्मको रूपमा काम गर्दछ। यसका अतिरिक्त, यो खाता जन सुरक्षा योजना (सूक्ष्म बीमा योजना) मार्फत् असङ्गठित क्षेत्रका लाखौं श्रमिकलाई जीवन एवं दुर्घटना बीमा प्रदान गर्न पनि महत्त्वपूर्ण छ। जनधन आधार एवं मोबाइलको (जेएएम) त्रिमूर्तिका लागि पनि प्रधानमन्त्री जनधन योजना एउटा महत्त्वपूर्ण स्तम्भ हो र यो कुनै नोक्सानीबिना सब्सिडी वितरित गर्ने ढाचा साबित भएको छ। प्रत्यक्ष लाभ अन्तरण अन्तर्गत जेएएम मार्फत् सरकारले सब्सिडी एवं सामाजिक लाभलाई सीधै वञ्चितको ब्यांक खातामा सफलतापूर्वक हस्तान्तरण गर्दैआएको छ।

विगत १0 वर्षको अवधिमा प्रधानमन्त्री जनधन योजनाको सफल कार्यान्वयनले कैयौं उपलब्धि हासिल गरेको छ। पीएमजेडीवाईका प्रमुख उपलब्धि यस प्रकार छन् :

* पीएमजेडीवाईको खाता संख्या ५३.१३ करोड (१४ अगस्त, २0२४ सम्म)

प्रधानमन्त्री जनधन योजना अन्तर्गत १४ अगस्त २0२४ सम्म खोलिएका खाताको कूल संख्या ५३.१३ करोड रहेको छ। यसमा ५५.६ प्रतिशत (२९.५६ करोड) जनधन खाताधारक महिला र ६६.६ प्रतिशत (३५.३७ करोड) जनधन खाता ग्रामीण क्षेत्रका छन्।

* पीएमजेडीवाई खातामा जमा रकम : २.३१ लाख करोड रुपियाँ (१४ अगस्त, २0२४ सम्म)

प्रधानमन्त्री जनधन योजना अन्तर्गत खोलिएका खाताहरूमा कूल जमा राशि २,३१,२३६ करोड रुपियाँ छ। यी खाताहरूमा २.६ गुणा वृद्धिका साथ जमा राशिमा करिब १५ गुणा (अगस्त २0२४/ अगस्त २0१५) वृद्धि भएको छ। प्रधानमन्त्री जनधन योजना अन्तर्गत खोलिएका खातामा प्रति खाता औसत जमा रकम १४ अगस्त २0२४ अनुसार ४,३५२ रुपियाँ रहेको थियो। अगस्त २0१५ को तुलनामा प्रति खाता औसत जमा रकममा ४ गुणा वृद्धि भएको छ। औसत जमा रकममा वृद्धिले खाताको बढ्दो उपयोग अनि खाताधारकमा बचतको बानी विकसित भएको संकेत मिल्दछ।

* पीएमजेडीवाई खाताधारकलाई जारी गरिएको रूपे कार्ड : ३६.१४ करोड (१४ अगस्त २0२४ सम्म)

प्रधानमन्त्री जनधन योजना अन्तर्गत खोलिएका खाताका खाताधारकलाई ३६.१४ करोड रूपे कार्ड जारी गरिसकिएको छ। समयका साथसाथ रूपे कार्डको संख्या अनि उपयोगमा पनि वृद्धि भएको छ।

प्रधानमन्त्री जनधन योजना अन्तर्गत ३६.0६ करोडभन्दा धेरै रूपे डेबिट कार्ड जारी गर्नु, ८९.६७ लाख पीओएस/ एमपीओएस मशिनको स्थापना तथा युपीआइ जस्ता मोबाइल आधारित भुक्तानी प्रणालीको शुरुवात हुनुले डिजिटल लेनदेनको कूल संख्या आर्थिक वर्ष २0१८-१९ मा २,३३८ करोडबाट बढेर अर्थ वर्ष २0२३-२४ मा १६,४४३ करोड पुगेको थियो। युपीआई वित्तीय लेनदेनको कूल संख्या अर्थ वर्ष २0१८-१९ मा केवल ५३५ करोडबाट बढेर अर्थ वर्ष २0२३-२४ मा १३,११३ करोड पुगेको छ। यसै गरी, पीओएस र ई-कमर्समा रूपे कार्डतो माध्यमद्वारा लेनदेनको कूल संख्या अर्थ वर्ष २0१७-१८ मा ६७ करोडबाट बढेर २0२३-२४ मा ९६.७८ करोड पुगेको थियो।

पीएमजेडीवाईको सफलताले यसको मिशन मोडको दृष्टिकोण, नियामक समर्थन, सार्वजनिक एवं निजी भागीदारी र बायोमेट्रिक पहिचानका लागि आधार जस्ता डिजिटल सार्वजनिक बुनियादी पूर्वाधारको महत्त्व दर्शाउँदछ। प्रधानमन्त्री जनधन योजनाले मानिसहरूलाई बचत गर्न सक्षम बनाएको छ। यसका साथै औपचारिक रूपमा लेनदेनको कुनै रेकर्ड नभएका मानिसहरूलाई पनि ऋणसम्म सुगम पहुँच सुनिश्चित गर्दछ। खाताधारकले आफ्नो बचत स्वरूप देखाउन सक्छन्, जसले उनीहरूलाई ब्यांक अनि वित्तीय संस्थानबाट ऋणको निम्ति पात्र बनाउँदछ। यसको सबैभन्दा उत्तम उदाहरण हो मुद्रा ऋणको आबन्टन। मुद्रा ऋणको आबन्टनमा अर्थ वर्ष २0१९ देखि अर्थ वर्ष २0२४ सम्म ५ वर्षको अवधिमा वार्षिक ९.८ प्रतिशतको चक्रवृद्धि दरले बढोत्तरी भएको छ। यस ऋणसम्म पहुँच धेरै परिवर्तनकारी छ, कारण यसले व्यक्तिहरूलाई आफ्नो आमदानी बढाउन सशक्त बनाउँदछ।

प्रधानमन्त्री जनधन योजना विश्वको सबैभन्दा विशाल वित्तीय समावेशन कार्यक्रम हो। यसको परिवर्तनकारी तागत अनि डिजिटल नवाचारले भारतमा वित्तीय समावेशनमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement