पीसीबी र अध्यक्ष नकवीलाई निशाना बनाए इमरान खानले

IMG-20240828-WA0002

कराची: पूर्व क्रिकेटर तथा पाकिस्तानका पूर्व प्रधामन्त्री इमरान खानले मोहसिन नकवीको अध्यक्षतामा रहेको राष्ट्रिय क्रिकेट संस्थालाई निशाना बनाउँदै सीनियर राष्ट्रिय पुरुष टीमको प्रदर्शनमाथि निराशा व्यक्त गरे। रावलपिण्डी टेस्टमा पाकिस्तानको बंग्लादेशविरुद्ध हारलाई इमरानले सीधै ‘लाजमर्दो’ बताएका छन् अनि नकवीको अध्यक्षतामा रहने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – माथि देशमा खेललाई ‘नष्ट’ गरेको आरोप लगाए। रावलपिण्डीको सेण्ट्रल जेल अदियाला जेलमा पत्रकारहरूसँग कुराकानीको क्रममा इमरानले राष्ट्रिय टीमको दुर्दशाको निम्ति वर्तमान प्रशासकहरूलाई जिम्मेवार बताए। इमरानले भनेका छन्, क्रिकेट एकमात्र यस्तो खेल हो जसलाई पूरा देशले टीभी-मा चासो लिएर हेर्छ तर यसलाई पनि यी मानिसहरूले नष्ट गरिदिएका छन्, जसले आफ्नो नियन्त्रण कायम राख्न अयोग्य र आफूलाई मनपर्ने अधिकारीहरू नियुक्त गरेका छन् । पाकिस्तानलाई १९९२-मा वर्ल्ड च्याम्पियन बनाउने इमरानले भने, हामीले पहिलोपल्ट वर्ल्ड कपमा शीर्ष चार या टी२०-मा शीर्ष आठमा स्थान बनाउन सकेनौं। हामीले बंग्लादेशविरुद्ध पनि लाजमर्दो हारको सामना गर्नु पऱ्यो। यसले एउटा नयाँ तल्लो स्तर स्थापित गरेको छ। यही टीमले केवल अढ़ाई साल अघि भारतलाई सीमित ओभरको म्याचमा १० विकेटले पराजित गरेको थियो तर अहिले हामी बंग्लादेशविरुद्ध पनि १० विकेटले पराजित भयौं। यस पतनको दोष पीसीबीलाई जान्छ। उनीहरूका हेलचेक्र्याईंले गर्दा नै पाकिस्तान क्रिकेटको बदनाम भइरहेको छ। यसमा झट्टै सुधार हुनु जरूरी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement