टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा, हरमनप्रीत कप्तान

IMG-20240827-WA0258

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यूएई-मा हुने आउँदो आईसीसी टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा गऱ्यो, जसमा हरमनप्रीत कौरलाई कप्तान नियुक्त गरिएको छ। यसरी ओपनर स्मृति मन्धना उपकप्तान हुनेछिन्। दयालन हेमलता टीमको शीर्ष क्रममा अन्य एकजना विकल्प हुनेछिन्। यसबाहेक जेमिमा रोड्रिग्स, दीप्ति शर्मा र रिचा घोषले ब्याटिंग क्रमलाई मजबूती प्रदान गर्नेछिन् । भारतसँग यूएई-मा हुने यस वैश्विक टुर्नामेण्टको निम्ति तीनजना रिजर्व खेलाड़ी पनि हुनेछन्, जसमा उमा छेत्री (विकेटकीपर), तनुजा कंवर र साइमा ठाकोर सामेल छिन् । बलिंग विकल्पहरूमा रेणुका सिंह, पूजा वस्त्राकर, दीप्ति शर्मा, राधा यादव, आशा शोभना र सजना सजीवन सामेल छिन्। महिला टी२० वर्ल्ड कपको नवौं संस्करण ३ अक्टोबरदेखि यूएई-को दुबई र शारजाहमा खेलिनेछ। भारत ग्रुप ए-मा गत विजेता अष्ट्रेलिया, न्यूजील्याण्ड, पाकिस्तान र श्रीलंकासँग रहेको छ। ग्रुप चरणमा भारतको पहिलो म्याच ४ अक्टोबरमा न्यूजील्याण्डविरुद्ध रहेको छ। त्यसपछि ६ अक्टोबरमा पाकिस्तान, ९ अक्टोबरमा श्रीलंका र १३ अक्टोबरमा अष्ट्रेलियाविरुद्ध म्याच रहेको छ। टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), शेफाली वर्मा, रेणुका सिंह, दयालन हेमलता, आशा शोभना, राधा यादव, श्रेयंका पाटिल, सजना सजीवन, दीप्ति शर्मा, जेमिमा रोड्रिग्स, रिचा घोष (विकेटकीपर), यास्तिका भाटिया (विकेटकीपर), पूजा वस्त्राकर र अरुन्धति रेड्डी
यात्रा रिजर्वः उमा छेत्री (विकेटकीपर), तनुजा कंवर, साइमा ठाकोर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement