युनाइटेड ब्रदर्स मानेभञ्ज्यांग र सेण्ट जोसेफ्स कलेज विजयी

photocollage_20248280817457

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा मंगलवार २ वटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा खेलिएको दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगको म्याचमा युनाइटेड ब्रदर्स मानेभञ्ज्यांगले सिंगतोम युनाइटेड फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सागर छेत्रीले १६औं, तेञ्जिंग तामाङले ५२औं, रिग्जेन शेर्पाले ५५औं र फुप छिरिंग भूटियाले ७४औं मिनटमा गरे। यसरी डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगको म्याचमा सेण्ट जोसेफ्स कलेजले सेण्ट रोबर्ट्स स्कूललाई ४-३-ले पराजित गऱ्यो। विजेता टीमबाट निरेनले ६२औं र ८१औं मिनटमा २ गोल गरे। यसबाहेक राजेनले ५७औं र समृद्धले ७९औं मिनटमा गोल गरे। यसरी सेण्ट रोबर्ट्स स्कूलबाट निक गुरुङले पहिलो, रोजल गुरुङले २०औं र रुपल लामाले ६६औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement