मिशन शक्ति योजना: ‘बेटी बचाओ बेटी पढाओ’ सप्ताहको भागको रूपमा विरूवा रोपण कार्यक्रम सम्पन्न 

n62837641917247807348247034bc6f5e79586a01412e663e56b487b7c463745a3b1d4565fb4d97682eb654

गान्तोक: मिशन शक्ति योजना अन्तर्गत बेटी बचाओ बेटी पढाओ सप्ताहको भागको रूपमा आज पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा विरूवा रोपण कार्यक्रम सम्पन्न भयो।

पाकिम जिल्लाको महिला तथा बाल विकास विभाग अन्तर्गत डिस्ट्रिक्ट हब फर वुमन इम्पावरमेन्ट र वान स्टप सेन्टरको संयुक्त पहलमा आयोजित विरूवा रोपण कार्यक्रम बालिकाहरूप्रति समर्पित रहेको छ।

विरूवा रोपण कार्यक्रममा जिल्लापाल आगवाने रोहन रमेश, अतिरिक्त जिल्लापाल साङ्गे ग्याछो भोटिया, अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। जिल्ला मिशनका समन्वयक सृष्टिका शर्माले यस कार्यक्रम आयोजना गरिनुको महत्वबारे प्रकाश पार्दै प्राकृतिक वातावरण र कन्याहरूको भविष्य दुवैको पालनपोषण गर्ने प्रतिबद्धता सहित प्रतिककोरूपमा आयोजना गरिएको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement