गान्तोक: दिल्लीको भ्रमणमा रहेका राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पुरानो सिक्किम हाउसमा रोगीहरूसँग भेट गरे। दिल्लीको विभिन्न अस्पतालमा उपचारधीन राज्यका रोगीहरूसँग भेट गर्दै उनीहरूको समस्याको समाधान गर्ने प्रयास गरे। यसरी नै उनले रोगीहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेका छन्। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङ जहिले पनि दिल्ली आधिकारिक भ्रमणमा जाने क्रममा दिल्लीको विभिन्न अस्पतालमा उपचारधीन राज्यका रोगीहरूसँग भेट गर्दै उनीहरूलाई उपचारको निम्ति आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्। उनको सहयोगमा धेरै जना रोगीहरूले नयाँ जीवन पाइसकेका छन्। यसरी मुख्यमन्त्रीको सहयोग पाएर स्वास्थ्य लाभ लिएर फर्किनेहरूको संख्या पनि धेरै रहेको छ। आज मुख्यमन्त्रीको सहयोग प्राप्त गर्नेहरूले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।