गान्तोक: गान्तोकका जिल्लापाल तुषार निखारेको निर्देशमा जिल्ला आपदा प्रबन्धन प्राधिकरणको टोलीले गान्तोक क्षेत्र अन्तर्गत पैह्रौग्रस्त क्षेत्रको निरीक्षण गऱ्यो। हिजो आएको भारी वर्षाको कारण विभिन्न स्थानमा पैह्रौले व्यापकरूपमा क्षति पुर्याएपछि जिल्लापालले जिल्ला आपदा प्रबन्धन प्राधिकरणको टोलीलाई पैह्रौग्रस्त क्षेत्रको निरीक्षण गर्नुपर्ने निर्देश दिएका हुन्।निरीक्षण टोलीले विकास क्षेत्र, स्यारी, अप्पर नान्डोक, लोवर नान्डोक र मिडल स्यारीको निरीक्षण गरेको जानकारी गराइएको छ। निरीक्षण टोलीमा जिल्ला आपदा प्रबन्धन प्राधिकरणका सदस्यहरू लगायत गान्तोक नगर निगमकी उपमेयर छिरिङ पाल्देन भोटिया, पार्षद पेमा ल्हामु लाम्ठा, जिल्ला पञ्चायत सदस्यहरू पनि सामेल रहेका थिए। निरीक्षणको क्रममा टोलीले पैह्रौले धेरै वटा घरहरू, फुटपाथलाई पनि क्षति पुर्याएको छ। टोलीले पैह्रौ प्रभावित परिवारलाई रातमा सतर्क रहनु पर्ने र यदि कुनै घटना भएको खण्डमा पञ्चायत र खण्ड विकास अधिकारीहरूलाई सूचित गर्नुपर्ने सल्लाह दिएको छ। यसरी नै प्रभावित परिवारलाई त्रिपल प्रदान गरियो भने राज्य आपदा प्रबन्धन कोषबाट उनीहरूलाई राहत राशि पनि प्रदान गरिने बताइएको छ।