पाकिम: पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत रंगेली बजारस्थित १२२ वर्ष पुरानो ऐतिहासिक श्रीश्रीश्री भीमसेन महाराज मन्दिर एवं नाथेश्वर मन्दिर परिसरमा राज्यस्तरीय भीमसेन पूजा एवं जात्रा भव्यरुपमा सम्पन्न भयो।
भीमसेन महाराज मन्दिर संरक्षण समिति रंगेली बजारको आयोजनामा सम्पन्न कार्यक्रममा छुजाचेन निर्वाचन समष्टिका विधायक एवं सिक्किम सरकारको कृषि विभागका मन्त्री पुरण कुमार गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने उनीसँग मल्ली निर्वाचन क्षेत्र विधायक एनबी प्रधानको पनि विशेष उपस्थिति रहेको थियो।