गोरुबथान (महेश्वर प्रधान): लैनसिह बाडदेल साहित्य कला प्रतिष्ठान कलकत्ताको आयोजनमा समपन्न नेपाली भाषा मानयता दिवसको शुभ अवसरमा गोरुबथान भेकबाट सन्त फ्रान्सिस अशिसी विद्यालयका विद्यार्थी छोरी याङकी शेर्पाले लघु श्रव्य दृश्य प्रतियोगितामा भाग लिएकी थिइन।यस भिडियो कविता वाचन प्रतियोगितामा उनी प्रथम हुन सफल भइन्।यो गोरुबथानको लागि गर्वको विषय पनि हो। विद्यार्थी नानी याङ्जी शेर्पा गोरुबथानमा स्थित सन्त फ्रान्सिस अशिसी विद्यालयमा आठौं श्रेणीमा अध्ययनरत छिन्।

नानी याङ्की शेर्पाले आफ्नो परिवार, विद्यालय तथा नेपाली विषयका सह शिक्षक महेश्वर प्रधान र सुमन राईप्रति यस सफलताको श्रेय दिएकी छिन्। नानीको उज्जवल भविष्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।