समाजसेवी बिक्रम राई “मंगल नागारिक सेवा सम्मान”ले सम्मानित

खरसाङ: मंगल सेवा फाउन्डेसनको पक्षमा खरसाङ महकुमा अन्तर्गत सिटोङका समाजसेवी बिक्रम राईलाई “मंगल नागारिक सेवा सम्मान”ले सम्मानित गरिएको छ।
मंगल सेवा फाउण्डेशनले प्रत्येक वर्ष समाजमा विशेष योगदान पुराउने विशिष्ट व्यक्तिहरुलाई सम्मान जनाउँदै आइरहेको छ। यस वर्ष मंगल सेवा फाउण्डेशनद्वारा प्रदान गरिने “मंगल नागारिक सेवा सम्मान” सिटोङका समाजसेवी व्यक्तित्व बिक्रम राईलाई प्रदान गरिएको छ। मङपूको रेसेप प्रणामी गीता मन्दिरमा एक कार्यक्रमबीच समाजसेवी व्यक्तित्व बिक्रम राईलाई सम्मानित गरिएको छ। यस अवसरमा उनको स्मारिका प्रमिला मुखियाले पठन गरेपछि हरिलाल छेत्रीको बाहुलीबाट समाजसेवी बिक्रम राईलाई शल ओढ़ाएर नेपाली ढाका टोपी पहिराएर साथै स्मृति चिन्ह अनि सम्बर्ध्दना पत्र प्रदान गर्दै सम्मानित गरिको छ। मंगल सेवा फाउण्डेशन मङ्पुको पक्षबाट बिक्रम राईसंगै माध्यमिक तहमा प्रथम दर्जामा उतीर्ण हुने पुबोङ निवासी छात्र अनुपम छेत्री अनि उच्चत्तर माध्यमिक तहमा सर्वश्रेष्ठ अंक ल्याउने छात्रा मङपू बीचकमान निवासी प्रतिष्ठा छेत्रीलाई गुरुजी मंगल प्रज्ञा पुरुस्कारले सम्मानित गरियो। ती दुई अब्बल दर्जामा उतीर्ण भएर सम्मानित भएका दुई विद्यार्थीगणलाई धर्मगुरु माता रेखासखी अनि रजितराज महाराजको बाहुलीबाट स्मृति चिन्ह अनि मायाको चिन्ह प्रदान गरियो। यस कार्यक्रमको प्रमुख अतिथिमा क्षेत्रीय सभासद रतन थापा अनि जीटीए दार्जिलिङ जिल्ला जनसम्पर्क अधिकारी विज्ञान मिश्र उपस्थित रहेका थिए।

About Author

Advertisement