भाजपाद्वारा मुख्यमन्त्री ममता ब्यानर्जीको आलोचना

CM-Mamta-Banerjee-4-copy-3

कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीलाई कोलकातामा एक प्रशिक्षार्थी डाक्टरको दुष्कर्म र हत्यामा संलग्न व्यक्तिहरूलाई संरक्षण गरेको आरोप लगाउँदै भाजपाले मंगलबार मुद्दाको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न उनको राजीनाको माग गर्यो। कोलकातामा पीडितलाई न्याय र मुख्यमन्त्रीको राजीनामाको माग गर्दै जुलुसमा पुलिसले विद्यार्थीहरूमाथि लाठी चार्ज गरेको घटनाको भाजपाले निन्दा गरेको छ। ‘पश्चिम बंगालमा जे भइरहेको छ, त्यो चिन्ताजनक छ। यो संविधानको अवहेलना जस्तै हो’, भाजपाका राष्ट्रिय प्रवक्ता गौरव भाटियाले पार्टी मुख्यालयमा पत्रकार सम्मेलनमा भने। दुष्कर्म र हत्या प्रकरणमा संलग्नहरूलाई संरक्षण गरेको आरोप लगाए र निष्पक्ष छानबिन गर्नका लागि उनले मुख्यमन्त्री पदबाट राजीनामा दिन माग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement