राज्यका शिक्षामन्त्री राजु बस्नेतले सिक्किम विश्वविद्यालयको एनईपी २०२० कार्यशालामा भाग लिए
गान्तोक: सिक्किम विश्वविद्यालयले राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० को लर्निङ आउटकममा आधारित पाठ्यक्रम रूपरेखा (एलओसीएफ) अनुरूप अण्डर ग्र्याजुएट (यूजी) पाठ्यक्रमको तयारीमाथि एक कार्यशाला सफलतापूर्वक आयोजना गरेको छ। सिक्किम विश्वविद्यालयको एनईपी समितिद्वारा आयोजित कार्यशाला २७ अगस्त, २०२४ मा गान्तोकको पेट्रो पोइण्टस्थित पर्यटन र नागरिक उड्डयन विभागको सम्मेलन हलमा आयोजित भएको थियो। उद्घाटन कार्यक्रममा मुख्य अतिथिका रूपमा सिक्किम सरकारका शिक्षा, खेलकुद तथा युवा मामिला तथा संसदीय मामिला विभागका माननीय मन्त्री राजु बस्नेत, उच्च तथा प्राविधिक शिक्षाका निर्देशक तथा विशेष सचिव श्री भीम ठटाल, सिक्किम विश्वविद्यालयका उपकुलपति वरिष्ठ प्रा. ज्योति प्रकाश तामाङले उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा सिक्किम विश्वविद्यालयको एनईपी समितिका सदस्य, सम्बद्ध कलेजका प्राचार्यगण र सिक्किम विश्वविद्यालय अन्तर्गत विभिन्न सम्बद्ध कलेजका ३१ कार्यरत् यूजी विषय समितिका सदस्यहरू उपस्थित थिए।

यस कार्यशाला सिक्किम विश्वविद्यालयको आफ्नो शैक्षिक सुधारको राष्ट्रिय दृष्टिकोणसँग आफ्नो शैक्षिक मानकलाई संरेखित गर्ने निरन्तर प्रयासमा महत्त्वपूर्ण उपलब्धिको प्रतीक हो। यो कार्यक्रमले शिक्षाविद्, नीति निर्माता र प्रशासकहरूलाई अर्थपूर्ण चर्चामा संलग्न हुन र परिवर्तनकारी यूजी पाठ्यक्रमको लागि मञ्च तयार गर्नको लागि मञ्च प्रदान गर्यो। एनईपी समितिकी अध्यक्ष प्रा. योडिडा भोटियाले सभालाई सम्बोधन गर्दै यूजी पाठ्यक्रमलाई एनईपी २०२० सँग तालमेल मिलाउन अत्यावश्यक भूमिकामा जोड दिइन्।

उच्च तथा प्राविधिक शिक्षाका निर्देशक एवं विशेष सचिव श्री भीम थटल (एससीएस) ले राज्यका शैक्षिक संस्थानहरूमा एनईपी २०२० लागू गर्नमा व्यावहारिक चुनौती र अवसरहरूको बारेमा अन्तर्दृष्टिपूर्ण दृष्टिकोण प्रदान गरे। उनको सम्बोधनले पाठ्यक्रम विकासका लागि सहयोगात्मक दृष्टिकोणको आधार तयार गऱ्यो। माननीय मन्त्री श्री राजु बस्नेतले एक शक्तिशाली तथा उत्साहवर्धक भाषण दिए, जसले यस क्षेत्रमा शैक्षिक नवीनताको नेतृत्व गर्ने प्रयासमा सिक्किम विश्वविद्यालयलाई सहयोग गर्ने सरकारको प्रतिबद्धतालाई बलियो बनायो। सिक्किमको शैक्षिक प्रगतिलाई अगाडि बढाउन एनईपी २०२० को महत्त्वलाई प्रकाश पार्दै उनको उपस्थितिले कार्यक्रममा अधिक मूल्य जोड्यो। सिक्किम विश्वविद्यालयका उपकुलपति वरिष्ठ प्रा. ज्योति प्रकाश तामाङले कार्यक्रमको अध्यक्षता गरे एवं एक प्रेरणादायक अध्यक्षीय भाषण दिए, जसमा शैक्षिक उत्कृष्टतालाई बढावा दिन विश्वविद्यालयको समर्पण र समाजको समग्र विकासको लागि नयाँ शिक्षा नीति २०२० लागू गर्नको लागि यसको सक्रिय भूमिकामा ध्यान केन्द्रित गरे। उनले विद्यार्थीलाई आत्मनिर्भर तथा राम्रो प्रकारले शिक्षित बनाउन एनईपीले अन्तःविषय दृष्टिकोण राख्नुको महत्त्वलाई पनि प्रकाश पारे। -पीआईबी