बाबुघाटमा उग्र प्रदर्शनको क्रममा पुलिसको मोटरसाइकलमा आगजनी

00-1-image.jpeg

कोलकाता: बाबुघाटमा उग्र प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले पुलिसको मोटरसाइकलमा आगजनी गरेका छन्। आरजी कर अस्पतालका डाक्टरको दुष्कर्म र हत्या प्रकरणमा न्याय माग्दै आन्दोलनकारीहरू राज्य सचिवालय नवान्न तर्फ अघि बढ्दै गर्दा उक्त घटना भएको समाचार छ। प्रदर्शनकारीहरूले हातमा ठूलो संख्यामा ब्यानर बोकेर नाराबाजी गरेपछि एक्कासी हिंसाको स्तर बढेर पुलिसको मोटरसाइकलमा आगजनी गरेको समाचार छ। पुलिसले आगो नियन्त्रणमा लिन पानीको फोहोरा प्रयोग गरे पनि स्थिति नियन्त्रणमा ल्याउन सहज भने भएन। यो घटनाले सम्पूर्ण क्षेत्रमा तनाव वातावरण सिर्जना भयो। आन्दोलनकारीहरूको उद्देश्य न्यायको माग र अस्पतालमा भएको क्रूरता विरुद्ध बोल्न पाउनु रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement