भोलि डाकिएको १२ घण्टाको राज्यव्यापी बन्दलाई भाजपा दार्जीलिङ जिल्ला समितिको समर्थन

IMG-20240827-WA0194

खरसाङ: भोलि डाकिएको १२ घण्टाको राज्यव्यापी बन्दलाई भाजपा दार्जीलिङ जिल्ला समितिले समर्थन जनाएको छ। भाजपा जिल्ला समिति सचिव सोनाम लामाले खरसाङबाट एक भिडियो जारी गर्दै पहाड़वासी समक्ष समर्थनको अपील गरेका छन्। दार्जीलिङ पहाड़ी क्षेत्रमा १२ घण्टाको लागि हुने उक्त बन्दअवधि आपतकालीन सेवाबाहेक सबै दोकानपाट, व्यापारिक प्रतिष्ठान अनि सवारी साधानहरू बन्द गरिदिने तामाङले आह्वान गरेका छन्।
कोलकाता आरजे कर मेडिकल कलेज एवं अस्पतालको प्रशिक्षु महिला डाटरमाथि भएको घटनाको विरोध अनि मुख्यमन्त्री ममता ब्यानर्जीको राजीनामाको मागमा आज सम्पन्न नवान्न मार्चअवधि पश्चिम बड्ग छात्र समाजमाथि पुलिस बलको कथित बर्बरतापूर्ण कार्वाहीविरूद्ध भाजपा प्रदेश अध्यक्ष तथा केन्द्रीय मन्त्री सुकान्ता मजुमदारले भोलि राज्यव्यापी १२ घण्टा बन्दको आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement