श्रीगुरु विद्यामन्दिर विद्यालयबाट चोरी भएका १२ वटा फ्यानमध्ये ९ बरामद, एक पक्राउ

Untitled-25-1024x576

सिलगढी: सिलगढीको चम्पासरी श्रीगुरु विद्यामन्दिर स्कुलबाट सिलिङ्ग फ्यान चोरी गर्ने एक चोरलाई पुलिसले पक्राउ गरेको छ। यसै क्रममा चोरी भएका १२ वटा सिलिङ्ग फ्यानमध्ये ९ वटा बरामद भएका छन्। पक्राउ पर्ने चोरको नाम शिबु पाल (२६) हो।
प्राप्त जानकारी अनुसार शनिबार कक्षा सञ्चालन भएपछि आइतबार विद्यालय बन्द गरिएको थियो। विद्यालय एक दिन बन्द भएको फाइदा उठाउँदै चोरहरुको समूहले विद्यालयको १२ वटा सिलिङ्ग फ्यान चोरेर फरार भएका छन्। सोमबार विद्यालय खुलेपछि विद्यालय व्यवस्थापनलाई चोरीको घटना थाहा भएको थियो। यसपछि सोमबार २२ अगस्त विद्यालय व्यवस्थापनले प्रधाननगर पुलिस थानामा घटनाबारे लिखित उजुरी दिएको थियो। उजुरीका आधारमा घटनाको छानबिन गर्दै प्रधाननगर पुलिस थानाको सादा पोशाक पुलिसले् चोरी भएको एक महिनापछि नै चोरीको घटना पर्दाफास गरेको हो। सूचनाका आधारमा पुलिसले गएराति विद्यालयमा चोरी गरेको आरोपमा चोर शिबु पाललाई पक्राउ गरेको हो। त्यसपछि उनको साथबाट चोरीका १२ वटा सिलिङ् फ्यानमध्ये ९ वटा बरामद भएको थियो। आज प्रधाननगर पुलिस थानाले आरोपीलाई सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement