यूएस ओपन २०२४: जोकोविच र गौफ दोस्रो राउण्डमा, नागलको हार

photocollage_2024827172212668

न्यूयोर्क: भारतका शीर्ष खेलाड़ी सुमित नागल यहाँ शुरुवाती राउण्डमा नीदरल्याण्डका टालोन ग्रिक्सपुरविरुद्ध सीधा सेटमा पराजित भएर यूएस ओपन टेनिस टुर्नामेण्टको पुरुष एकलबाट बाहिर भए। नागलले आफ्नो पहिलो सर्विसमा संघर्ष गर्नु पऱ्यो अनि सोमवार राति खेलिएको म्याचमा १-६, ३-६, ६-७ (८)-ले पराजित भए। यसरी सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविच चाहिँ राडू एल्बाटविरुद्ध ६-२, ६-२, ६-४-ले विजयी भएर दोस्रो राउण्डमा पुगे। नागलले २ घण्टा २० मिनटसम्म चलेको म्याचमा दुईपल्ट आफ्नो प्रतिद्वन्द्वीको सर्विस तोड़े जबकि नीदरल्याण्डका खेलाड़ीले ब्रेक पोइण्टको ११-मा ६ वटा मौकालाई काममा लगाए। भारतका २७ वर्षीय खेलाड़ीलाई लय हासिल गर्न केही समय लाग्यो तर शुरुमै केही गल्तीहरू गरेको हुनाले उनले अन्तमा परिणाम भोग्नु पऱ्यो। एकलमा पराजित भएपछि नागलले अब पुरुष युगलमा चुनौती पेश गर्नेचन्। पुरुष युगलमा भारतका रोहन बोपन्ना, युकी भाम्बरी, एन श्रीराम बालाजी र नागलले पनि अलग-अलग जोड़ीदारहरूसँग खेल्नेछन्।
महिला एकलमा वर्तमान च्याम्पियन अमेरिकाकी कोको गौफले सीधा सेटमा जीत हासिल गरिन्। गौफले पहिलो राउण्डको म्याचमा बरबरा ग्रेचेवालाई सजिलै ६-२, ६-०-ले पराजित गरिन्। गत केही समयदेखि खराब फर्मसँग जुझ्नु परे पनि सोमवार राति उनलाई म्याच जित्न कुनै असुविधा भएन। पुरुष एकलमा गत वर्ष सेमिफाइनलमा पुग्ने अन्य एक अमेरिकी खेलाड़ी १३औं वरीयता प्राप्त बेन शेल्टनले २०२०-का च्याम्पियन डोमिनिक थिएमलाई ६-४, ६-२, ६-२-ले पराजित गरे। थिएमको यो यूएस ओपनमा अन्तिम म्याच थियो कारण उनले यस सीजनको अन्तमा सन्न्यास लिने घोषणा गरिसकेका छन्। यसरी २०१७-की च्याम्पियन स्लोएन स्टीफन्सले क्लारा ब्यूरेलविरुद्ध शुरुवाती ९ गेम जितेर असल शुरुवात गरे पनि पछिबाट लय बिग्रिँदा ०-६, ७-५, ७-५-ले पराजित भइन्। महिला एकलको दोस्रो राउण्डमा स्थान बनाउने खेलाड़ीहरूमा पेरिस ओलम्पिकमा स्वर्ण पदक विजेता सातौं वरीयता प्राप्त चीनकी झेंग क्विनवेन, ओलम्पिक रजत पदक विजेता र टुर्नामेण्टमा २४औं वरीयता प्राप्त डोना वेकिच, १२औं वरीयता प्राप्त दारिया कसातकिना र १४औं वरीयता प्राप्त मेडिसन कीज सामेल छिन्। नवौं वरीयता प्राप्त मारिया सक्कारी काँधको चोटले गर्दा एक सेटपछि खेलबाट हटिन्। यसरी पुरुष एकलमा १५औं वरीयता प्राप्त होल्गर रुने उलटफेरको शिकार बने। उनलाई अमेरिकाका ब्रेण्डन नकाशिमाले ६-२, ६-१, ६-४-ले पराजित गरे। पुरुष एकलमा चौथो वरीयता प्राप्त आन्द्रे रुबलेव, आठौं वरीयता प्राप्त केस्पर रुड, नवौं वरीयता प्राप्त ग्रिगोर दिमित्रोव र १२औं वरीयता प्राप्त टेलर फ्रिट्जले पनि दोस्रो राउण्डमा स्थान बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement