युक्रेनमा रुसको हमला, पाँच जनाको मृत्यु

Ukraine-2

रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ। यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड्रोन प्रयोग गरेको बताए। यी आक्रमणहरू कीभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रहरूमा गरिएका छन्। युक्रेनका प्रधानमन्त्री डेनिस श्म्याहलले देशका १५ क्षेत्रका धेरै शहरमा विष्फोट भएको बताएका छन्। उनले भने ‘हाम्रो ऊर्जा पूर्वाधार लक्षित छ। यसैलाई मध्यनजर गर्दै हवाई आक्रमणको अलर्ट जारी गरिएको छ।’ युक्रेनी वायुसेनाले रुसले लगातार हवाई हमला गरिरहेको बताएको छ। ड्रोन अझै युक्रेनको क्षेत्रमा छन्। युक्रेन कुर्स्क क्षेत्रमा धेरै ठाउँमा प्रवेश गरेको बेला रुसले आक्रमण गरेको हो । रुसले २४ फरवरी २०२२ मा युक्रेनमा हमला गरेको थियो र त्यसयता दुई देशबीच युद्ध चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement