मिरिकमा हुने भागोप्रमोको स्थापना दिवसलाई लिएर सियोक गोपालधारा ओकेटी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20240827-WA0178

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आगामी ९ सेप्टेम्बरमा आफ्नो स्थापनाको चौथो वर्ष मनाईरहेको छ। उक्त कार्यक्रम मिरिकको आले खेल मैदानमा हुने तय भएको छ। पार्टीको चौथो स्थापना दिवसलाई लिएर मिरिक महकुमा अन्तर्गत सियोक गोपालधारा ओकेटी समष्टिको एक महत्त्वपूर्ण सभा मिरिकस्थित युवा आवासमा सम्पन्न भयो। सभामा विशेष गरी स्थापना दिवस समारोहमा केन्द्रित चर्चा गरिएको जानकारी प्राप्त भएको छ। जीटीएका क्षेत्रीय सभासद धुर्ब बम्जनको अध्यक्षता अनि समष्टि युवा शक्ति अध्यक्ष विबेक गोलेको सञ्चालनमा सम्पन्न भएको सभाले पार्टीको स्थापना दिवसलाई व्यापक बनाउन २३ नम्बर समष्टिको भूमिकाबारे प्रष्ट पारेको थियो। उक्त दिन आले खेल मैदानमा भागोप्रमोका शीर्षस्थ नेताहरु उपस्थित रहने तथा उनीहरुबाट पार्टीको आगामी नीति अनि रणनीतिबारे खुलासा हुन सक्ने बुझिएको छ। यो वर्षको स्थापना दिवस समारोह महत्वपूर्ण रहने विश्वास २३ नम्बर समष्टि युवा शक्तिका अध्यक्ष विवेक गोलेले गरेका छन्। सभामा जीटीए सभाका अध्यक्ष एंव २३ नम्बर समष्टिका पर्यवेक्षक अञ्जुल चाैहान, २३ नम्बर समष्टि अध्यक्ष समिर राई, सचिव कृष्णवीर प्रधान, केन्द्रीय काेर कमिटि सदस्य एंव पूर्व सभासद फूबी राई, सियाेक गाेपालधारा ओकेटी समष्टि सभासद धुर्ब बम्जन, मिरिक थर्बु डुप्टिन समष्टि सभासद मिलेस राई, युवा शक्ति मिरिक महकुमा अध्यक्ष उमेस ताेलाङ्गी, नारी शक्तिका समष्टि अध्यक्ष सम्झौता राई, सचिव आरती सुब्बा, पिजिएसडी एक ग्राम पंचायतका प्रधान स्वेच्छा तामाङ, निर्वाचित सदस्य सपन भण्डारी, संगीत राई लगायत शाखा प्रशाखाका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

About Author

Advertisement