महिलाहरूको सुरक्षा गर्न सक्दैन भने राज्यको प्रशासन चलाउनेले राजीनामा दिनुपर्छ – भाजपा महिला मोर्चा

IMG-20240827-WA0176

खरसाङ: महिलाहरूले सुरक्षा पाउनुपर्छ। महिलाहरूलाई प्रशासनले सुरक्षा दिनुपर्छ। तर यदि महिलाहरूको सुरक्षा गर्न सक्दैन भने राज्यको प्रशासन चलाउनेले राजीनामा दिनुपर्छ र आफ्नो राजगद्दी छोड्नुपर्छ भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला महिला मोर्चाको अध्यक्ष चन्द्रकला राई गुरूङले खरसाङमा बताएकी छन्। उनले भाजपाद्वारा कोलकोतोमा महिला डाक्टरमाथि भएको बलत्कार अनि हत्याको घटनालाई लिएर गरिएको विरोध रैलीपछि खरसाङको मोटर स्ट्याण्डमा पत्रकारहरूसित कुराकानी गर्दै उक्त कुरा बताएकी छन्। उनले हामी नारीहरूले सुरक्षा कसलाई मांग्नु भन्दै राज्यमा महिला मुख्यमन्त्री भएर महिलाहरू सुरक्षित छैनन् भनी बताएकी छन्। महिला मोर्चाको दार्जिलिङ जिल्ला अध्यक्ष चन्द्रकला राई गुरूङले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन् -‘सरकारले हत्यासित संलग्न व्यक्तिहरूलाई बचाउने प्रयास गरिरहेको छ। राज्यमा महिला जातिलाई सुरक्षा दिनुपर्छ। बलात्कारीलाई फाँसीको सजाय दिइएको खण्डमा फेरि अर्को बलत्कारको घटना कम हुनसक्छ। बंगाल सरकारले विभिन्न श्री योजनाहरू ल्याएको छ तर महिला सुरक्षा खोई? महिला सुरक्षामा पनि श्री हुनुपर्छ भनी हाम्रो मांग रहेको छ।”
चन्द्रकला राई गुरूङले आरोप लगाउँदै भनिन् -‘हत्यारालाई लुकाउने प्रयास हुँदैछ। मिडिया रिपोर्टमा सुनिन्दैछ कि यय घटनासित सम्बन्धित आरोपीहरूलाई विदेशतिर पठाएको छ हरे। डाक्टरमाथि त यस्तो घटना हुन्छ भने साधारण जनतासित झन कस्तो होला?”
उनले भारतको राष्ट्रपति पनि महिला ने भएकोले देशमा यस्तो बलियो कानुन बनियोस् ताकि हरेक बलात्कारीले तक्कालै फाँसीको सजाय पायोस् कि शुट एण्ड साइटको अर्डर पायोस् भनी महिला मोर्चाको मांग छ भनी बताएकी छन्।

About Author

Advertisement