बिराटनगरमा रथयात्राको सम्पुर्ण तयारी पुरा, यसपटक १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन

IMG-20240827-WA0011

भद्रपुर: कोशी प्रदेशको राजधानी विराटनगरमा आज(मंगलबार) ५६औँ सस्करणको निकालिने ऐतिहासिक रथयात्राको लागि १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने मोरङ प्रहरीले जनाएको छ।
रथयात्रामा चोरी तथा अन्य घटना हुन नदिनको लागी मोरङ प्रहरीले सुरक्षा व्यावस्थाका लागि कडाईका साथ जनपथ, शसस्त्रसंगै, ट्राफिक प्रहरी लगायत पिकेट समेत परिचालन गर्ने भएको हो।
रथ यात्रामा अत्याधिक भीडभाडमा चोरी तथा लुटपाट हुने भएका कारण सुरक्षा व्यावस्थालाई थप चुस्तदुरुस्त पार्नका लागि सुरक्षा रणनिती अपनाइएको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर बस्नेतले जानकारी दिए। रथयात्राको लागि विशेष सुरक्षा अपनाउनको लागि सोमबार जिल्ला प्रशासन कार्यलय मोरङमा रथयात्रा मुल समारोह समितिका पदाधिकारी विभिन्न, अनुसन्धान, सादा पोसाक, जनपथ प्रहरी लगायत अन्य सुरक्षा निकायका प्रमुखहरुसँग बसेको छलफलले सुरक्षा व्यावस्थालाई चुस्त दुरुस्त अपनाईएको मोरङ प्रहरीले जनाएको छ। रथयात्राको सुरक्षार्थ पिकेट, ड्रोन क्यामारा र सिसि क्यामाराबाट निगरानी, समेत गरिने प्रहरीले जनाएको छ।
रथयात्रामा अत्याधिक भिडभाड हुने भएका कारण मुल्यवान गरगहना, महङ्गो मोवाईल तथा जिन्सी सामान नबोकी रथयात्रामा सहभागी मोरङ प्रहरीले आग्रह गरेको छ। रथयात्राको सम्पुर्ण तयारी भएको पुरा भएको राधाकृष्ण मन्दिरका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement