तीज पर्वको तयारीबारे दोस्रो समन्वय बैठक

IMG-20240826-WA0340

गान्तोक: आगामी सेप्टेम्बरको दिन पालन गरिने तीज पर्वको तयारीलाई लिएर आज मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राईको अध्यक्षतमा दोस्रो समन्वय बैठक सम्पन्न भयो। यस बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल गरिनको साथै कार्यक्रमबारे लिएको निर्णयहरू साझा गर्न पाउँदा खुशी व्यक्त गरिन्। उक्त कार्यक्रम आगामी ८ सेप्टेम्बरको दिन सरम्सा गार्डनमा आयोजन गरिनेछ। उक्त दिन आइतवार परेको हुनाले, विभिन्न निर्वाचन क्षेत्रबाट व्यापक सहभागितालाई प्रोत्साहित गर्न र सरकारी कार्यालयहरूमा हुने कुनै पनि अवरोधलाई कम गर्न छनौट गरिएको बताइएको छ। यस वर्षको उत्सवहरूमा अन्तर-जिल्ला नृत्य प्रतियोगिता आयोजना गरिनेछ, जसमा प्रत्येक जिल्लाले १ वा २ सेप्टेम्बरमा आफ्नो उत्कृष्ट कलाकारहरू छनौट गर्नेछन्। सहभागीहरू सबै महिला १८ वर्षभन्दा माथिका हुनुपर्नेछ। फाइनलमा विजयी हुनेलाई पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेहरूका लागि १० लाख, दोस्रोलाई ७ अनि तेस्रो हुनेहरूलाई ५ लाख नगद् पुरस्कार दिइनेछ। थप रूपमा, सबै फाइनल र सहभागी निर्वाचन क्षेत्रहरूले सिक्किमका मुख्यमन्त्रीको हातबाट सान्त्वना पुरस्कारहरू प्राप्त गर्नेछन्। आफ्नो सम्बोधनमा श्रीमती राईले एसकेएम नारी शक्तिभित्र एकता र सक्रिय सहभागिताको महत्त्वबारे प्रकाश पारिन्। यो कार्यक्रम हाम्रो सामूहिक शक्ति प्रदर्शन गर्ने अवसर रहेको बताउँदै सबै सदस्यहरूलाई आफ्नो भूमिका सकारात्मकता र सहयोगका साथ लिन आग्रह गरे। यस वर्षको उत्सवमा पहिलो रातको कार्यक्रम प्रसिद्ध गायिका तृष्णा गुरुङको नेतृत्वमा सिक्किमका स्थानीय कलाकारहरूको साथमा मनोरञ्जन हुनेछ।

About Author

Advertisement