कालचिनी: कालचिनी खण्डको दुर्गम गंगुटिया बनबस्तीमा शुक्रबार ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीद्वारा हात्तीको उत्पातबाट रात्रीबेला सजग बस्न निःशुल्क टर्चलाइट प्रदान गरिएको जानकारी बन विभागीय अधिकारी स्रोतबाट प्राप्त भएको छ। सो अवसरमा बक्सा ब्याघ्र प्रकल्पको एडीएफओ नवीकान्त झाँ लगायत अन्यान्य वन अधिकारी र ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको सदस्यहरु उपस्थित थिए। जम्मा ६३ परिवारलाई टर्चलाइट प्रदान गरिएको बताउँदै हात्तीको उत्पातबाट बाँच्न टर्चलाइटको प्रमुख भूमिका रहेकोले गाउँलेहरुलाई टर्चलाइट प्रदान गरिएको र जेएफएमसीबाट अन्यान्य सुविधाहरु पनि उपलब्ध गराइने बताइएको छ।