बिराटनगरको रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने

IMG-20240826-WA0308

भद्रपुर: मोरंग जिल्लाको विराटनगरमा भोली मंगलबार निस्कने ऐतिहासिक रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टि गरिने भएको छ। ५६औं संस्करणको रथयात्रामा ईटहरी स्थित पूर्वी पृतना हेडक्वाटर नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने रथयात्रा मुल समारोह समितिले जानकारी दिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस अघि नै छलफल कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागी चासो देखाएका थिए। भोली दिउसो ३ः३० बजे विराटनगर-१ स्थित राधाकृष्ण मन्दिर परिसरबाट रथयात्रा निकालिदै छ। यसपटकको रथयात्रालाई व्यापक र आकर्षक पार्नको निम्ति हेलिकप्टरबाट पुष्पवृष्टि गर्नको लागि नेपाली सेनाले अनुमति समेत लिईसकेको जनाइएको छ।
वि।सं। १९८८ देखि भगवान राधाकृष्णको प्रतिमालाई खटमा राखेर खटयात्राको स्वरूपबाट विराटनगर परिक्रमाको शुभारम्भ गरिएको थियो। पछि १९७० मा विशाल र अग्लो रथको निर्माण गरी सो रथमा भगवान राधाकृष्णको प्रतिमालाई लाखौ भक्तजनको सहभागितामा प्रत्येक वर्ष रथयात्रा निकाल्ने गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement