नक्सलबारी: कृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदैछ। नक्सलबारी शारदा विद्यामन्दिरले नक्सलबारीको रथखोला मोडस्थित जगन्नाथ मन्दिरमा कृष्ण जन्माष्टमी पर्व मनाएको छ। आज विद्यालयका विद्यार्थीहरुले कृष्ण र गोपीको पहिरन लगाएर नाचगान गरे। नक्सलबारी शारदा विद्यामन्दिरका शिक्षक तपस मोडकले बालबालिकामा समाज र संस्कृतिको चेतना जगाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेको बताए।










