मानिसलाई बेहोस बनाएर चोरी गर्ने गिरोह पर्दाफास

FEATURE2-1024x576

सिलगढी: मानिसलाई बेहोस बनाएर चोरी गर्ने गिरोहको माटिगडा पुलिस थानाको सादा पोशाक पुलिसले पर्दाफाश गरेको छ। यस घटनामा पुलिसले गिरोहका एक सदस्यलाई पक्राउ गरेको छ। अभियुक्तको नाम एमडी गुलजार (४२) हो।उल्लेखनीय छ कि १७ तारिक राति ग्राम पञ्चायत नं २ माटिगडा अन्तर्गतको लेलिन कोलोनी क्षेत्रमा सुतिरहेका मानिसलाई बेहोस बनाएर घरबाट लाखौंको चोरीको घटना भएको थियो। यसअघि पनि सो क्षेत्रमा यस्तै घटना भएको थियो। जसका कारण उक्त क्षेत्रका जनतामा त्रासको वातावरण बनेको छ।अन्ततः गोप्य श्रोतबाट प्राप्त सुचनाका आधारमा पुलिसले हिजो अपरेशन गर्दै यातायातनगर इलाकाबाट एक अभियुक्तलाई पक्राउ गरेको हो। पुलिस स्रोतबाट प्राप्त जानकारी अनुसार यस गिरोहमा जम्मा ४ जना सदस्य रहेका छन्। उनीहरु मध्ये एक जना दिनको समयमा घुम्ने र केही घरमा निशाना बन्ने गर्थे। त्यसपछि राति सबैजना मिलेर उक्त घरमा सुतिरहेका मानिसहरूलाई बेहोस बनाएर ठूलो सहजताका साथ चोरी गर्ने गर्थे।
इस्लामपुरमा पनि यही गिरोहले यस्तै चोरीका घटना गर्थ्यो। तर, इस्लामपुर पुलिसले अनुसन्धानका क्रममा गिरोहका तीन जनालाई पक्राउ गरेको छ। जो हाल इस्लामपुर कारागारमा छन्। तीनै अभियुक्तलाई हिरासतमा लिन मटिगडा पुलिस थानाले इस्लामपुर अदालतमा निवेदन दिएको बताइएको छ। अहिले पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement