गान्तोक: राज्यपाल गंगा प्रसादले मन्त्री अरूण उप्रेतीको राजीनामालाई स्वीकार गरेका छन्। राज्य गृह विभागले आज जारी गरेको एउटा अधिसूचनामा उक्त जानकारी दिइएको छ।
अधिसूचनामा राज्यपाल गंगा प्रसादले मुख्यमन्त्री प्रेमसिंह तामाङको सुझाउमा अरूण उप्रेतीको राजीनामा स्वीकार गरेको कुरा उल्लेख छ।
उल्लेख्य, शहरी विकास विभाग मन्त्री अरूण उप्रेतीले आज मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले मुख्यमन्त्री तामाङलाई मिन्तोकगाङमा भेट गरेर आफ्नो राजीनामा पत्र सुम्पेका थिए।