शपिंग मलमा युवतीलाई कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

IMG-20240826-WA0250-copy

सिलगढी: मतिगढा पुलिस चौकीले मतिगढाको एक शपिंग मलमा युवतीहरूलाई दुर्व्यवहार र कुटपिट गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुई जनाको नाम उज्ज्वल मण्डल र धीरज रजक रहेको छ। पक्राउ परेका मध्ये एक जना सिभिक भोलेन्टियरको रुपमा कार्यरत रहेको बताइएको छ। पक्राउ परेका अभियुक्तहरूलाई सिलगढी डिभिजनल अदालतमा पेश गरियो। यही महिनाको २१ तारिखका दिन दुई युवा आफ्ना दुई प्रेमिकासँग राति शपिंग मल गएका थिए। राति अबेर उनी जन्मदिनको पार्टीमा सहभागी हुन मार्केट कम्प्लेक्सको बारमा गएका थिए। लिफ्टमा चढ्ने क्रममा केही युवाले दुई युवतीलाई दुर्व्यवहार गर्न थालेको आरोप छ। विरोध गर्न आएका युवती र उनका साथीलाई कुटपिट गरेको आरोप छ। कुटपिटबाट एक युवकको आँखामा पनि चोट लागेको छ। अर्का युवकको खुट्टाको लिगामेन्ट च्यातिएको छ। ती युवाको तर्फबाट २२ तारिख पुलिस चौकीमा उजुरी परेको थियो। यसपछि पुलिसले घटनाको अनुसन्धान गर्दा आइतबार राति उक्त सपिङ मलबाट आरोपी धीरज र उज्ज्वललाई पक्राउ गरेको थियो। पुलिसले घटनाको सीसीटीभी फुटेज जाँच गरिरहेको छ। कुटपिटमा ती दुई बाहेक अरु को को संलग्न छन् भन्ने विषयमा मतिगढा पुलिस चौकीले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement