दोस्रो टी२० म्याच जितेर सीरीजमा अजेय बढ़त हासिल गऱ्यो वेष्ट इण्डिजले

IMG-20240826-WA0256

नयाँ दिल्ली: वेष्ट इण्डिजले दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरी ३ वटा म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। त्रिनिदादको तरौबामा स्थित ब्रायन लारा स्टेडियममा खेलिएको म्याचमा आयोजक वेष्ट इण्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनायो। त्यसपछि दक्षिण अफ्रिकाको टीम १९.४ ओभरमा १४९ रन बनाएर अलआउट भयो। वेष्ट इण्डिजको ईनिंग्समा ओपनर शाई होपले सर्वाधिक ४१ रन बनाए। उनले २२ बल खेलेर ४ वटा छक्का र २ वटा चौका लगाए। यसरी कप्तान रोवम्यान पावेलले ३ वटा छक्का र एउटा चौकाको साथ २२ बलमा ३५ रन बनाए। यी दुईबाहेक शेरफाने रदरफोर्डले २९ र एलिक अथानाजेले २८ रनको योगदान दिए। दक्षिण अफ्रिकी बलरहरूमा लिजाड विलियम्सले ३ र पाट्रिक क्रूगरले २ विकेट लिए। जवाफमा दक्षिण अफ्रिकालाई रीजा हेण्ड्रिक्स र रयान रिकलटनको ओपनिंग जोड़ीले २८ बलमा ६३ रनको पार्टनरशीप गरी टीमलाई आक्रामक शुरुवात दिलाए पनि वेष्ट इण्डिजले महत्त्वपूर्ण मौकाहरूमा विकेट हासिल गरी म्याच जित्यो। हेण्ड्रिक्सले ६ वटा चौका र २ वटा छक्काको साथ १८ बलमा ४४ रन बनाए जबकि रिकलटनले २० रनको योगदान दिए। एक समय दक्षिण अफ्रिकाको स्कोर ३ विकेटमा १२९ रहेको थियो तर पछिबाट केवल २० रनमा रहल ७ विकेटको पतन हुँदा टीमले हारको सामना गर्नु पऱ्यो। ट्रिस्टन स्टब्सले २८ र कप्तान ऐडन मार्करमले १९ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा शमार जोसेफ र रोमारियो शेफर्डले ३-३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement