भारतीय कोस्ट गार्डद्वारा कार्गो जहाजका ११ जना उद्धार

00-1.-Ship

कोलकाता: भारतीय कोस्ट गार्डले आइतबार राति कोलकाताबाट पोर्ट ब्लेयर जाँदै गरेको कार्गो जहाज एमभी आईटीटी पुमाका ११ चालक दलका सदस्यहरूलाई सफलतापूर्वक उद्धार गरेको छ। खराब मौसमका कारण जहाज सागर टापुबाट ७० नटिकल माइल दक्षिणमा डुबेको अधिकारीहरूले बताएका छन्। एक तटरक्षक अधिकारीले सोमबार भने कि चालक दलका तीन सदस्य अझै बेपत्ता छन्। कोस्ट गार्डका प्रवक्ताले भने, ‘रातिको समयमा अभूतपूर्व अपरेशनमा तटरक्षकले समुन्द्री वायुमा समन्वित अपरेसनमा ११ जनाको उद्धार गरेको छ।‘ एमभी आईटीटी पुमा सागर टापुबाट ७० समुद्री माइल दक्षिणमा डुबेको कोस्ट गार्ड जहाज सारङ र अमोघ यस चुनौतीपूर्ण उद्धार कार्यमा संलग्न रहेको उनले बताए। साथै डोर्नियर विमानको पनि सहयोग लिइएको थियो। कोस्ट गार्डका एक वरिष्ठ अधिकारीले भने कि मुम्बईमा दर्ता गरिएको जहाज कोलकाताबाट करिब ८० किलोमिटर टाढा डुबेको थियो। प्रवक्ताले भने, ‘कोस्ट गार्ड हल्दियाले हिजो सागर भीटीसी (जहाज निगरानी प्रणाली) बाट जानकारी प्राप्त गरेको थियो। कोस्ट गार्डको डोर्नियर विमानले राति ९.३० बजे पत्ता लगाएको थियो भने आईसीजी जहाज सारङ र अमोघ ९ बजेर ४५ मिनेटमा घटनास्थल पुगेर खोजी तथा उद्धार कार्य थालेका थिए।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement