कोलकाता: कोलकाताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा जुनियर डाक्टरको दुष्कर्म र हत्या प्रकरणका मुख्य आरोपी सञ्जय रोयले हालै पोलिग्राफ टेस्टका क्रममा आफ्नो अपराध स्वीकार गरेका छन्। उसले प्रशिक्षार्थी डाक्टरको दुष्कर्मपछि हत्या गरेको बताए। उनले घटना गर्नुअघि रेड लाइट एरियामा गएर एक युवतीलाई जिस्काउने र आफ्नी प्रेमिकासँग नग्न तस्वीर मागेको पनि खुलासा गरेका छन्।









