लोग्नेद्वारा स्वास्नीको हत्याको आरोपमा पक्राउ

Untitled-24-1024x576

सिलगढी: श्रीमतीको हत्या गरेको आरोपमा मेडिकल थान पुलिसले श्रीमानलाई पक्राउ गरेको छ। आरोपीको नाम किशोर भगत (३५) हो। उनी मेडिकल पोस्ट अन्तर्गतको क्षेत्रका बासिन्दा रहेको बताइएको छ।
किशोर र स्नेहा पढ्दै गर्दा एकअर्काको प्रेममा परेको जानकारी प्राप्त भएको छ। यसपछि किशोर भगत र स्नेहा भगतले करिब १२ वर्षअघि विवाह गरेका थिए। विवाहपछि केही दिनसम्म सबै ठीकठाक भयो। तर, त्यसपछि किशोर र स्नेहाको वैवाहिक जीवनमा समस्या आउन थाल्यो। यी दुईबीच प्रायः सानातिना झगडा हुन्थ्यो। जसका कारण दुबै जना मानसिक रुपमा विचलित भएका थिए। स्रोतबाट प्राप्त जानकारी अनुसार किशोर भगत घर छाडेर करिब ७ दिनदेखि बाहिर बस्दै आएका थिए। जसका कारण दुवैबीचको तनाव झनै बढेको थियो। त्यसपछि स्नेहाले किशोरलाई मनाएर घर ल्याइन्। २४ अगस्तबाट फेरि दुईबीच झगडा सुरु भएको आरोप छ।
यस विषयमा झगडा हुँदा स्नेहाको टाउकोमा चोट लागेको थियो।यसपछि किशोर भगतले स्नेहालाई गम्भीर घाइते अवस्थामा उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा भर्ना गराए।
तर उपचारका क्रममा डाक्टरले स्नेहालाई मृत घोषणा गरेका थिए। त्यसपछि मृतक स्नेहाका परिवारलाई यो घटना थाहा भयो। सोही क्रममा हिजो नै शवको पोस्टमार्टम र स्नेहाको अन्तिम संस्कार गरिएको थियो। यता मृतकका परिवारले किशोर भगतले स्नेहाको हत्या गरेको आरोप लगाउँदै मेडिकल थानामा लिखित उजुरी दिएका छन्।उजुरीका आधारमा घटनाको अनुसन्धान गरिरहेको मेडिकल थानाका पुलिसले किशोर भगतलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरी आज सिलगढी अदालतमा पेश गरेको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement