दार्जिलिङ जिल्ला भाजपाद्वारा सदर पुलिस थाना अघि विरोध प्रदर्शन

IMG-20240826-WA0215

हाम्रो तीन दिने लोकतान्त्रिक आन्दोलनको मांग राज्यबाट तृणमूल सरकार हट्नुपर्छ: कल्याण देवान

दार्जिलिङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटीद्वारा कोलकोताको आरजीकर मेडिकल कलेजमा महिला डाक्टरको बलत्कार अनि हत्याको घटनालाई लिएर साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको राजीनामाको मांग गर्दै दार्जिलिङ सदर थाना पुलिस स्टेशन अघि विरोध प्रदर्शन गरेको छ। उक्त विरोध प्रदर्शनमा दार्जिलिङ जिल्ला भाजपा कमिटीको सभापति कल्याण देवान लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। प्रदर्शनकारी भाजपा पार्टी कार्यकर्ताहरुले कोलकोतामा महिला डाक्टरमाथि भएको बलत्कार अनि हत्याको घटनामा पिढितले झट्टै न्याय पाउनु पर्ने साथै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनु पर्ने मांग गर्दै नाराबाजी गरेका थिए। दार्जिलिङ सदर पुलिस थाना अघि प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष कल्याण देवानले ममता सरकार राज्यबाट हट्न जरुरी छ र यसै मांगमा देशभरि विरोध प्रदर्शन भईरहेको छ अनि दार्जीलिङ जिल्ला भाजपाले पनि यस कुरालाई लिएर आन्दोलन टट्कारो पारेको छ भनी बताएका छन्। उनले तृणमूल सरकारले पहाड़मा जुन अन्याय गरेको छ त्यसको आजदेखि लोकतान्त्रिक रूपमा आन्दोलन शुरु भएको घोषणा पनि गरेका छन्। कल्याण देवानले आजदेखि दार्जीलिङ पहाड़मा तृणमूल सरकारको विरोधमा तीन दिनव्यापी आन्दोलन शुरु भएको घोषणा पनि गरेका छन्। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवानले भने- ‘हामी प्रशासनलाई जानकारी गराउन चाहान्छौं कि तपाईहरू तृणमूल सरकारी भागोप्रमो पार्टीको पक्षमा मात्रै भएर होइन तर सम्पूर्ण जनताको पक्षमा भएर निष्पक्ष रूपमा न्याय दिनुपर्छ। आफ्नो संवैधानिक मर्यादालाई बचाएर राख्नुपर्छ। प्रशासन जनताको सेवाको लागि बनिएको हो र यो कुनै पनि राजनैतिक दलको हतकण्डा भएर बस्नु हुँदैन। हामी सबै एका अर्काले मौलिख अधिकारको सम्मान गर्नुपर्छ र यस विषयमा पुलिस प्रशासनलाई सिकाई रहनु पर्दैन भन्ने आशा छ।’

कल्याण देवानले भाजपाको तीन दिन व्यापी विरोध प्रदर्शन कार्यक्रममा हाम्रो मांग राज्यबाट तृणमूल कांग्रेसको सरकार गर्नुपर्छ भन्ने हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement