बिसे नगर्चीबारे लेखिएको पुस्तक प्रकाशन

IMG-20240826-WA0143

भद्रपुर: नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सल्लाहकारको भूमिकामा रहेका बिसे नगर्चीको बारेमा लेखिएको पुस्तक प्रकाशन भएको छ। लेखक दीपेन्द्रराज तिम्सिनाले नगर्चीको बारेमा खोज, अनुसन्धान गरी ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ पुस्तक प्रकाशन गरेका हुन्।
तिम्सिनाले उनका परिवार र जन्मस्थल गोरखामा अध्ययन गरी उनको इतिहास प्रकाशन गरेकाे जानकारी दिए। बिसे नगर्ची सन्तानलाई तत्कालीन सरकारले दिएको सनदपत्र, लालमोहरलगायत सामग्रीको अध्ययन गरी पुस्तक प्रकाशन गरेको लेखक तिम्सिनाले बताए। विभिन्न समयका दस्तावेजमा बिसेले नुवाकोटमा २ पटक आक्रमण गर्दा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा सही सल्लाह दिएर युद्ध जितेको इतिहास छ ।
नुवाकोट आक्रमणमा हार व्यहोरेका पृथ्वीनारायण शाह हतियार किन्न चाहन्थे। तर त्यसबेला राज्यकोषमा पैसा थिएन। त्यसबेला दरबारमा नगरा बजाउने बिसे नगर्चीले पृथ्वीनारायण साहलाई गोरखामा बस्ने सबै घरधुरीबाट सहयोग संकलन गर्न सल्लाह दिएका थिए। साे सल्लाहकाे आधारमा पैसा उठाएर उनले हतियार जाेहाे गरेका थिए।
राज्य एकीकरणमा उचित सल्लाह दिने नगर्चीलाई राज्यले कस्तो सम्मान दियो भन्ने विषयमा अध्ययन गरेको तिस्मिनाले बताए। बिसेको जन्म विसं १७४६ र मृत्यु विसं १८२८ मा भएको उल्लेख छ। बिसे नगर्चीले गोरखाली पक्षधर भएर विभिन्न युद्धमोर्चामा भाग लिएका थिए। याे पुस्तक तिम्सिनाको लेखेको यो १२ औंं पुस्तक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement