पोल वल्टमा यस साल तेस्रोपल्ट वर्ल्ड रेकर्ड बनाए अर्माण्ड डूप्लाण्टिसले

IMG-20240826-WA0187

नयाँ दिल्ली: अर्माण्ड डूप्लाण्टिसले आइतवार पोल्याण्डमा भएको सिलेसिया डायमण्ड लीगको अवझि ६.२६ मीटरको प्रयासको साथ पोल वल्ट खेलमा फेरि वर्ल्ड रेकर्ड बनाए। लुइसियानामा जन्मिएका २४ वर्षीय डूप्लाण्टिसले आफ्नो आमाको देश स्वीडेनको प्रतिनिधित्व गर्छन्। उनले यस साल तीनपल्ट वर्ल्ड रेकर्ड बनाइसकेका छन्। यसअघि उनले पेरिस ओलम्पिक खेलहरूमा ६.२५ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ वर्ल्ड रेकर्ड बनाएर स्वर्ण पदक जितेका थिए तर उनले यसपाली त्यस रेकर्डलाई पनि तोड़े। डूप्लाण्टिस आफ्नो पहिलो वर्ल्ड रेकर्ड फरवरी २०२०-मा पोल्याण्डमा बनाएका थिए। उनले भने, आज सबै कुराहरूले मलाई यस्तो गर्ने अनुमति दियो। यहाँ धेरै मानिसहरू मलाई खेलिरहेको हेर्न आएका छन्
भन्ने थाहा छ। यसैकारण म उनीहरूका निम्ति असल प्रदर्शन गर्न चाहन्थे। यस साल मैले ओलम्पिकमा ध्यान केन्द्रित गरे अनि रेकर्ड स्वाभाविक रूपले आयो कारण म असल स्थितिमा थिए। यसैकारण वर्ल्ड रेकर्डपछि अचम्भित छुइनँ तर म कृतज्ञ छु। यसरी भारतका अविनाश साबलेले चाहिँ पुरुषहरूका ३००० मीटर स्टीपलचेजमा निराशाजनक प्रदर्शन गरे। विश्वस्तरीय खेलाड़ीहरूसँग प्रतिस्पर्धा गर्दै उनी १४औं स्थानमा रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement