दार्जीलिङ: राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको आयोजनमा दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको १५औं संस्करणमा २१ सेप्टेम्बरदेखि शुरु हुनेछ। फेञ्चेटार खेल मैदान (दार्जीलिङ)-मा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्। टुर्नामेण्टमा अंशग्रहण गर्न उच्छुक टीमहरूका निम्ति टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति १५ सेप्टेम्बर रहेको छ। यसरी १६ सेप्टेम्बरमा टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी गरिनेछ। सम्पर्क विवरण आयोजक समितिद्वारा जारी सर्कुलरमा उपलब्ध रहेको छ।










