भद्रपुर: दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। आज उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ।
विद्यार्थी भिसामै गत फेब्रुअरीमा कोरिया पुगेकी श्रेष्ठको १८ अगस्तमा मृत्यु भएको थियो। उनी कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्।