सामुहिक बलात्कार काण्डमा लंका होटलका दुई कर्मचारीसहित ६ जना पक्राउ

IMG-20240826-WA0002

भद्रपुर: झापाको अर्जुनधारामा शुक्रबार राती भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन्। अर्जुनधारा-५ की १६ वर्षीया युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन्।
अहिलेसम्म पक्राउ पर्नेको संख्या छ जना पुगेको छभने एकजना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन्। घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ।
त्यसअघि प्रहरीले हिजो बिहानै नै सो घटनामा चारजनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा अर्जुनधारा-७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजानका दुईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए। सो स्थानको लंका होटलमा खाजा खाएर उनीहरु साँझमा एकछिन घुम्न भन्दै नयाँ बाख्रा हट्टीतिर लागे। एकान्त त्यस स्थानमा राती मानिसको आवत जावत हुँदैन। त्यहा चारजनाले पालै पालो उनीमाथि जवरजस्ती करणी गरे। उनले चारजनासँग प्रतिवाद गर्न सकिनन्।
प्रहरीका अनुसार त्यसपछि पीडितलाई अर्जुनधारा-७ स्थित लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सो स्थानका संजिव तामाङले लंका होटल रिसोर्टमा सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले पीडितलाई शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement