भद्रपुर: ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी चौकी मंगलबारे संखुवासभामा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ। मादी नगरपालिका २ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा मृत घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए। उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आईतबार पोष्टमार्टम गरिने छ। पोष्टमार्टमपछि उनको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाईने डिएसपी श्रेष्ठले बताए।