भद्रपुर: इलाका प्रहरी कार्यालय रानी मोरङमा कार्यरत प्रहरी इन्स्पेक्टर प्रकाश थापालाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्।
उनले मोरङ जिल्ला कारागारमा रहेका कैदी बिरामी भएर कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको अवस्थामा अगस्त १मा शौचालय जाने क्रममा भागेर फरार रहेको घट्नामा अहोरात्र खटि सूक्ष्म रुपमा सूचना सङ्कलन एवं खोजतलास गरी अगस्त ८ मा निज कैदीलाई जहदा गाउँपालिका १ तारेगामा स्थित नेपाल भारत सीमा नाका नजिकबाट फेला पारी नियन्त्रणमा लिएका थिए।
यस्तै,लागू औषध ओसार पसारमा संलग्न २८ जना मानिस पक्राउ गर्न सफल भएको, अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको १४ लाख ९ हजार ९ सय २० रुपैया बराबरको समान बरामद गर्न सफल भएका थिए। यसैगरी,विभिन्न दिनांकमा दुर्व्यसनी विरुद्ध आमाहरु कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका १६ स्थित क्यान सामुदायिक भवनमा अन्दाजी ६५० जना लागूऔषध प्रयोगकर्ताहरुलाई लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरी उत्कृष्ट कार्य सम्पादन गरेका थिए।