विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तित्व सम्मानित

IMG-20220819-WA0233.jpg

सोरेङ: सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चाको भातृ संगठन सामाजिक सेवा प्रकोष्ठको एक कार्यक्रम टिम्बुरबुङमा सम्पन्न भयो। उक्त कार्यक्रममा सामाजिक क्षेत्रमा अतुलनीय सेवा पुर्‍याउने व्यक्तिहरुलाई अभिनन्दन जनाइयो। आज अभिनन्दित व्यक्तिहरुमा धनमाया गुरुङ नन्दलाल सुब्बा र ठेण्डुप भोटिया सामेल रहेका छन्। यसरी नै भूतपूर्व र वर्तमान ११ जना पञ्चायत र ३३ वटा स्वयं सहायता समूह फेडेरेशनलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनायो।

टिम्बुरबुङको सामुदायिक भवनमा आयोजित कार्यक्रममा उर्जा विभागका सल्लाहकार मिङ्मा लह्मु भोटिया मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। यस अतिरिक्त मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा, खेलकुद एवं युवा मामिला विभागका सल्लाहकार मेघनाथ सुब्बा, गरीब जन कल्याण प्रकोष्ठको मुख्य समन्वयका मनोज तामाङ

एसकेएम पार्टीको सोरेङ जिल्ला सामाजिक सेवा प्रकोष्ठले मुख्य अतिथि उर्जा विभागका सल्लाहकार मिङ्मा लमु भोटिया, युवा एवं खेलकुद मामिला सल्लाहकार मेघनाथ सुब्बा, गरीब जन कल्याण प्रकोष्ठका मुख्य समन्वयक मनोज लामा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *