रेकर्ड २५औं ग्राण्ड स्ल्याम जित्ने नोवाक जोकोविचको लक्ष्य

IMG-20240825-WA0282

न्यूयोर्क: पूर्व नम्बर एक खेलाड़ी नोवाक जोकोविच हालै पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेपछि आत्मविश्वासको साथ सोमवारदेखि यहाँ शुरु हुने यूएस ओपन टेनिस टुर्नामेण्टमा रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने लक्ष्य लिएर खेल्न ओर्लिनेछन्। सर्बियाका दिग्गज खेलाड़ी जोकोविचले पेरिसमा पुरुष एकलको स्वर्ण पदक जितेका थिए। उनको नाममा रेकर्ड २४ वटा ग्राण्ड स्ल्यामसहित जम्मा ९९ वटा खिताब रहेको छ। यसरी उनीले यूएस ओपनमा खिताबहरूको शतक पूरा गर्न सक्छन्। यसको साथमा सर्वाधिक हप्तासम्म नम्बर एक ऱ्याङकिंगमा रहने रेकर्ड पनि जोकोविचको नाममा रहेको छ । जोकोविचले भने, मानिसहरूले अहिले मसँग ओलम्पिक स्वर्ण पदक पनि जितिसकेपछि अब हासिल गर्नको निम्ति के नै बाँचेको छ भनेर प्रश्न गर्ने गर्छन् तर मभित्र अहिले पनि प्रतिस्पर्धा गर्ने भावना छ। म भविष्यमा पनि इतिहास बनाउन चाहन्छु अनि आफ्नो करियरको यस चरणको भरपूर आनन्द लिन चाहन्छु। म अहिले पनि जीतको भोको छु। सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्यामको पहिलो राउण्डमा ३७ वर्षीय जोकोविचको भिड़न्त विश्वका १३८औं नम्बरका मोल्डोवाका खेलाड़ी राडू अल्बोटसँग हुनेछ। यसपाली टुर्नामेण्टमा जोकोविचलाई दोस्रो वरीयता दिइएको छ। यूएस ओपनमा जोकोविचलाई स्पेनका २१ वर्षीय खेलाड़ी कार्लोस अल्काराजबाट कड़ा चुनौती प्राप्त हुने सम्भावना छ। जोकोविचले अल्काराजलाई नै फाइनलमा पराजित गरी पेरिसमा स्वर्ण पदक जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement