खरसाङको जागृति परिवारको नयाँ कार्यकारिणी समिति गठन

n6281021701724610955653bfc9254027383942d5e1e9c015b69d271c03b27cd1730950c0928f98acfe7ddc

खरसाङ: भारतीय नेपाली नाटकको क्षेत्रमा एउटा अग्रणी संस्था खरसाङको जागृति परिवारको नयाँ कार्यकारिणी समिति गठन गरिएको छ। खरसाङको गोर्खा जन पुस्तकालय भवनमा जागृति परिवारको साधारण सभा संस्थाका संस्थापक तथा वरिष्ठ नाटककार पूर्ण गुरुङ ‘निरुपम’ को अध्यक्षतामा सम्पन्न भयो।
सभामा पुरानो समिति भंग गरेर नयाँ कार्यकारिणी समिति गठन गरियो।
नयाँ कार्यकारिणी समितिमा अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्षद्वय दावा लामा र सञ्जय प्रधान, मूल सचिव प्रकाश प्रधान, सह सचिवद्वय रामकुमार प्रधान र प्रणाम प्रधान, कोषाध्यक्ष सविता मंग्राती गजमेर, प्रमुख सल्लाहकार पूर्ण गुरुङ ‘निरुपम’ र खेमराज राई अनि १२ जना कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। कार्यकारी सदस्यहरूमा राजेन्द्रप्रसाद थापा, पूर्बा तामाङ, पेमा लामा, गोमा सुब्बा, देबु गुरुङ, अरुणा छेत्री, विजयकुमार राई, रमण लमजेल, विमल गुरुङ, सबिना परियार, रचिता छेत्री, अदीप रोका आदि रहेका छन्।
सन् १९७३मा स्थापित भएको जागृति परिवारले आफ्नो स्वर्ण वर्षको कार्यक्रम गत वर्षदेखि विभिन्न कार्यक्रमहरू गरेर पालन गरिसकेको छ। अब स्वर्ण वर्षको समापन कार्यक्रमको तयारीमा लागेको छ। जागृति परिवारले आफ्नो स्थापनाकालदेखि तीन दर्जनभन्दा बढी नाटकहरु भारतका विभिन्न ठाउँहरू लगायत छिमेकी राष्ट्र नेपालमा पनि मञ्चन गरिसकेको छ।
वरिष्ठ नाटककार पूर्ण गुरुङ ‘निरुपम’ द्वारा लिखित अनि निर्देशित ‘बन्धकी राखिएको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘कुन क्षितिजतिर’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्ष’ जस्ता कलात्मक नाटकहरू सफलतापूर्वक मञ्चन गरिसकेको छ। ‘बन्धकी राखिएको सिन्दूर’ नेपालको राजधानी काठमाडौंमा पनि सफलतापूर्वक मञ्चन भएर लोकप्रिय बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement