विश्व हिन्दू परिषद, सिक्किम शाखाको प्रान्त समितिको बैठक

1_1633929783

गान्तोक: विश्व हिन्दू परिषद, सिक्किम शाखाको कार्यालयमा आज प्रान्त समितिको बैठक बस्यो, जसमा विश्व हिन्दू परिषदको स्थापना दिवस कार्यक्रमका साथै विभिन्न प्रस्तावहरू पारित गरिएको छ।

उक्त जानकारी विश्व हिन्दू परिषद, सिक्किमका कार्यकारी अध्यक्ष गोपाल नेपालले प्रेस विज्ञप्तिमा दिएका छन्।

विज्ञप्ति अनुसार, विश्व हिन्दू परिषद, सिक्किम शाखाले सिक्किममा विभिन्न जिल्ला, प्रखण्ड, खण्ड अनि ग्राम स्तरमा रहेका समितिहरूलाई सक्रिय गर्ने अनि नयाँ समितिहरू गठन गर्ने निर्णय लिएको छ। प्रसिद्ध कथबाचक श्री नारायण घिमिरेलाई, सिक्किम विश्व हिन्दू परिषद शाखाको मार्गदर्शक मण्डलीको प्रमुख तथा चिरन खतिवडालाई विश्व हिन्दू परिषद्, सिक्किमको उप-प्रान्तको बजरंग दल प्रमुखको दायित्व सुम्पिएको बताइएको छ।

विश्व हिन्दू परिषद, सिक्किम उप प्रान्तले बांग्लादेशमा विभिन्न संस्था साथै भारत सरकारको आग्रह हुँदा हुँदै पनि हिन्दुहरुमाथि भइरहेको अत्याचारको घोर विरोध गरेको छ। विश्व हिन्दू परिषद, सिक्किम उप प्रान्तले सिक्किम साथै भारतका सबै हिन्दू धर्मका अनुयायीहरुलाई हलाल गरिएर मारिएको मासुको सेवन नगर्न अनुरोध गरेको छ। बांग्लादेशमा हिन्दू धर्मावलम्बीहरूले खप्नु परेको अत्याचारको विरोधमा साँचो यो अर्थमा विरोध हुनेछ बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement