राज्यपालले गरे राज्यका सबै निवासीहरूमा श्री कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त

photocollage_202482002358511

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा राज्यका सबै निवासीहरूमा शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, कृष्ण जन्माष्टमीको पावन अवसरमा म सिक्किमका सम्पूर्ण जनताप्रति हार्दिक बधाई एवं शुभकामना प्रेषित गर्दछु।

भगवान श्री कृष्णले गीतामा जुन उपदेश दिए, त्यो आज पनि प्रासंगिक छ र हाम्रो जीवनलाई मार्गदर्शन गरिरहेको छ। उनको कर्मयोगको सन्देशले हामीलाई आफ्नो कर्तव्यको पालन निष्ठा र समर्पणका साथ गर्न प्रेरित गर्दछ।

राज्यपालले अघि भनेका छन्, जसरी श्रीकृष्णले कठिनाइहरूको सामना गर्दै कर्मशीलता, धैर्यता, साहस, सच्चाई र नैतिकताको पथमा अग्रसर हुनुपर्छ भन्ने सन्देश दिएका छन्, सिक्किमका मानिसहरू प्रकृतिप्रति कर्मशील र निष्ठावान छन्। हरेक परिस्थितिमा उनीहरूका सहज मुस्कानले धैर्यता र उदारताको परिचय दिॅंदछ।

राज्यपालले यस जन्माष्टमीमा सबै मिलेर भगवान श्रीकृष्णका शिक्षाहरूलाई आफ्नो जीवनमा आत्मसात गर्न तथा सिक्किम राज्यमा शान्ति, सद्भाव र समृद्धिलाई अझ सशक्त बनाउन आह्वान गरेका छन्। भगवान श्री कृष्णको कृपाले सबै सफलतातिर अग्रसर बनुन् र आफ्नो कार्यले समाज, राज्य र राष्ट्रलाई प्रेरित गरिरहुन् भनी उनले कामना पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement